By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सिमरामा जेन–जीको आन्दोलन रोकियो, प्रशासनसँग वार्ता सहमतिपछि यातायात सुचारु
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

सिमरामा जेन–जीको आन्दोलन रोकियो, प्रशासनसँग वार्ता सहमतिपछि यातायात सुचारु

समाचार अभियान
समाचार अभियान २०८२, ५ मंसिर बिहीबार १६:५५ पाठक संख्या 237
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – मंसिर ४ ।श्रीकान्त गुप्ता – बाराको सिमरा क्षेत्र बिहीबार दिनभर तनावपूर्ण बने पनि अन्ततः जेन–जी युवासमूहले निर्धारित विरोध कार्यक्रम स्थगित गरेको छ। कुटपिट प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र शुक्रबार औपचारिक वार्ता गर्ने सहमतिसँगै उनीहरूले प्रदर्शन रोक्ने निर्णय गरेका हुन्।

जेन–जी युवा अभियन्ता कपिल खरेलका अनुसार बिहानदेखि जारी आन्दोलनको दोस्रो दिन प्रशासनसँग संवाद भएपछि स्थिति शान्त बन्दै गएको हो। “कुटपिटका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता आएपछि शुक्रबार वार्ता बस्ने सहमति भयो,” उनले बताए। जेन–जी युवाले आफूहरूमाथि भएको कुटपिटबारे छानबिन र दोषीमाथि कडा कदम चाल्न माग राख्दै विरोध गर्दै आएका छन्।

बिहीबार पनि जेन–जी समूहले राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शन चर्किँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपमा ६ जना प्रहरी र ४ जना जेन–जी समर्थक घाइते भएको जिल्ला प्रशासन स्रोतले जनाएको छ। घाइतेहरूमध्ये कसैको पनि अवस्था गम्भीर नभएको बताइएको छ।

झडपपछि केही समय राजमार्ग पूर्णरूपमा अबरुद्ध बनेको थियो। अवरुद्ध सडकका कारण सिमरा–कोहलवी–काठमाडौं र सिमरा–वीरगञ्जतर्फका सवारीसाधन ठप्प भएका थिए। यात्रुहरू घण्टौँ सडकमै अल्झनु परेको अवस्था सिर्जना भएको थियो।

तर, आन्दोलन रोक्ने निर्णयसँगै सिमराको वातावरण क्रमशः सामान्य बन्दै गएको छ। बिहान ११ बजेदेखि रोकिएको यातायात सुचारु भएपछि सवारी आवागमन पुरानै गतिमा फर्किएको स्थानीयले बताएका छन्। बजार, पसल, व्यवसाय र कार्यालयहरू पनि बिस्तारै सञ्चालनमा फर्किन थालेका छन्।

प्रशासन र जेन–जीबीचको शुक्रबार हुने वार्ताले कुटपिट प्रकरणको समाधान गर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले दुवै पक्षलाई शान्ति–सुरक्षाको वातावरण कायम राख्दै समस्याको स्थायी समाधानतर्फ ध्यान दिन आग्रह गरेका छन्।

 

समाचार अभियान November 20, 2025 २०८२, ५ मंसिर बिहीबार १६:५५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?