By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सोनलको नियुक्ति असंवैधानिक भन्दै कांग्रेसको प्रदर्शन, प्रदेश प्रमुख कार्यालयमा तनाव
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

सोनलको नियुक्ति असंवैधानिक भन्दै कांग्रेसको प्रदर्शन, प्रदेश प्रमुख कार्यालयमा तनाव

समाचार अभियान
समाचार अभियान २०८२, २९ आश्विन बुधबार २१:१३ पाठक संख्या 214
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, २९ असोज ।मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति विवादास्पद बनेको छ । नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता जितेन्द्र प्रसाद सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै बुधबार प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी गरेका छन् ।

प्रदर्शनकारीहरूले सोनलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको निर्णय संविधानविपरीत भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार जनमत पार्टी फुटिसकेको र जनमतका केही सांसदहरूले जनस्वराज पार्टीमा सनाखत गरिसकेको अवस्थामा लोसपाका तर्फबाट मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक कदम हो ।

यसअघि कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमतका १३ सांसदको समर्थनसहित ५८ सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै मुख्यमन्त्रीको दाबी प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । तर केही बेरपछि प्रदेश प्रमुख भण्डारीले लोसपा नेता सोनललाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

कांग्रेसले यो निर्णय जनमतको विभाजित अवस्थालाई बेवास्ता गरी गरिएको भन्दै कडा आपत्ति जनाएको छ । जनमतका सांसद सतिशकुमार सिंह र त्रिभुवन साह जनस्वराजमा सनाखत गर्न निर्वाचन आयोग पुग्ने क्रममा जनमतका कार्यकर्ताले अवरोध गर्न खोज्दा सामान्य झडपसमेत भएको थियो ।

दुवै पक्षले आ–आफ्नो बहुमतको दाबी गर्दै प्रदेश प्रमुख कार्यालयमा पुग्दा त्यहाँ केहीबेर तनाब सिर्जना भएको थियो । सम्भावित झडप नियन्त्रणका लागि ठूलो संख्यामा नेपाली सेना र सुरक्षा निकायका जवानहरू खटाइएको प्रदेश प्रहरी स्रोतले जनाएको छ ।

कांग्रेसले असंवैधानिक रूपमा गरिएको मुख्यमन्त्री नियुक्ति तत्काल सच्याउन माग गर्दै आन्दोलनको चेतावनी दिएको छ ।

 

समाचार अभियान October 15, 2025 २०८२, २९ आश्विन बुधबार २१:१३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?