By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेस प्रदेशमा लोसपाको नेतृत्वमा सरकार गठनको तयारी, मन्त्रालय बाडफाँड टुंगोमा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाजहेडलाईन

मधेस प्रदेशमा लोसपाको नेतृत्वमा सरकार गठनको तयारी, मन्त्रालय बाडफाँड टुंगोमा

समाचार अभियान
समाचार अभियान २०८२, २९ आश्विन बुधबार १०:४१ पाठक संख्या 231
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, असोज २९– मधेस प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि बुधबार अपरान्ह ४ बजेसम्मको समय तोकेकी छिन् । यसअघि विभिन्न दलबीच भएको राजनीतिक छलफल र सहमतिको क्रममा मन्त्रालय बाँडफाँडको प्रारम्भिक रूपरेखा पनि तय भएको बताइएको छ ।

लोसपाको नेतृत्वमा बन्न लागेको सरकारमा जसपालाई अर्थ मन्त्रालयसहित चार मन्त्रालय, जनमत पार्टीलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसहित चार मन्त्रालय, माओवादी (केन्द्र) र नेकपा (एस)लाई एक–एक मन्त्रालय दिने सहमति भएको लोसपाका एक सांसदले जानकारी दिए । उनका अनुसार मन्त्रालय बाँडफाँडको यो प्रारम्भिक सहमति सबै दलबीच आपसी समन्वयमा तय गरिएको हो ।

स्रोतका अनुसार आगामी मुख्यमन्त्रीका रूपमा लोसपाका जितेन्द्र सोनलको नाम लगभग निश्चित भइसकेको छ । उनको नेतृत्वमा बन्ने भनिएको यो सरकारलाई जसपा, जनमत, माओवादी (केन्द्र) र नेकपा (एस)को समर्थन प्राप्त हुनेछ । यस गठबन्धनले प्रदेशसभामा आवश्यक बहुमत जुटाउने विश्वास लोसपा नेतृत्वले लिएको छ ।

प्रदेशमा अघिल्लो सरकारको अस्थिरतापछि नयाँ सत्ता समीकरणका लागि दलहरूबीच तीव्र संवाद चलेको थियो । अन्ततः मधेसमै आधारित दलहरूबीच सहमति जुट्दै नयाँ राजनीतिक सहकार्यको ढोका खुलेको देखिएको छ । लोसपा, जसपा, जनमत, माओवादी (केन्द्र) र नेकपा (एस)को यो गठबन्धनलाई प्रदेश राजनीतिमा सन्तुलन कायम गर्ने अवसरका रूपमा हेरिएको छ ।

नयाँ सरकार गठनपछि प्रदेशको आर्थिक सुधार, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखिने जनाइएको छ । मधेस प्रदेशको राजनीतिक स्थायित्व र विकासका लागि दलहरूबीचको यो सहमति निर्णायक मोड सावित हुनसक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

 

समाचार अभियान October 15, 2025 २०८२, २९ आश्विन बुधबार १०:४१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?