By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : अवैध पटाकासहित नियन्त्रणमा लिएका चार जनालाई छाडिएको माथि गम्भीर प्रश्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

अवैध पटाकासहित नियन्त्रणमा लिएका चार जनालाई छाडिएको माथि गम्भीर प्रश्न

समाचार अभियान
समाचार अभियान २०८२, २७ आश्विन सोमबार २३:५९ पाठक संख्या 106
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

अभियान समाचार संवाददाता
असोज २७ रौतहट
​नेपाल-भारत सीमा नाका रौतहटको गौर भन्सार क्षेत्रमा ठूलो परिमाणमा अवैध पटाका नेपाल भित्र्याउने क्रममा नियन्त्रणमा लिइएका ४ जना जनालाई तत्कालै छाडिएको घटनाले स्थानीय प्रशासन र सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।
​
राती करिब ९ बजेको समयमा गौर भन्सार स्थित सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय नम्बर प्लेटको कारबाट ठूलो मात्रामा प्रतिबन्धित पटाका बरामद गरेको थियो।​ठूलो परिमाणमा पटाका बरामद ​सशस्त्र प्रहरी बलको टोलीले चेकजाँच गर्दा बिआर ०६ सि डब्लु ४९६८ नम्बरको भारतीय चार चक्के कार गाडीमा लुकाई छिपाई राखिएको ४ बोरा पटाका बरामद गरेको स्रोतले जनाएको छ।

​सो गाडीमा प्रविण टिबडेवाल र एमालेको राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य बजरङ्गी गुप्ता सहित चार जना सवार थिए। उनीहरूले आफूलाई ‘पत्रकार’ भनेर चिनाएको बताइएको हो । नेपालमा पटाकाको ओसारपसार, बिक्रीवितरण र प्रयोग पूर्ण रूपमा प्रतिबन्धित छ। चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रमा यसरी अवैध पटाका भित्र्याउने प्रयास भइरहेको अवस्थामा उनीहरूलाई विस्फोटक पदार्थसहित नियन्त्रणमा लिइएको थियो।

​नियन्त्रण र तत्काल रिहाइमा रहस्य अवैध रूपमा पटाका तस्करी गरिरहेको अवस्थामा गाडी र चारै जना व्यक्तिहरूलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सशस्त्र क्याम्पमा राखेको थियो। सामान्यतः विस्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ परेका व्यक्तिलाई कानुनी प्रक्रिया पूरा नगरी छाड्न मिल्दैन। ​तर, यस घटनाको सबैभन्दा विवादास्पद पक्ष भनेको नियन्त्रणमा लिइएका प्रविण टिबडेवाल र बजरंगी गुप्तासहित गाडीमा सवार चार जनालाई केही समयपछि नै कुन आधारमा छाडिएको स्थानीयले प्रश्न गरीरहेका छन्।

​यति ठूलो मात्रामा प्रतिबन्धित वस्तुसहित पक्राउ परेका व्यक्तिलाई बिना कुनै ठोस जानकारी र कानुनी प्रक्रिया तत्कालै रिहा गर्नुले सुरक्षा निकायभित्र ठूलै चलखेल भएको आशंका जन्माएको छ। स्रोतका अनुसार, पटाका र सवारी साधनलाई मात्र क्याम्पमा राखेर मानिसहरूलाई शक्तिको दुरुपयोग वा माथिल्लो तहको दबाबमा छाडिएको बुझिएको छ।

​कानुनी प्रश्न र सुरक्षा चुनौती नेपालको कानुनअनुसार पटाकालाई विस्फोटक पदार्थको रूपमा परिभाषित गरिएको छ र यसको कारोबारमा संलग्न हुनेलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाहीको व्यवस्था छ। कानुन उल्लंघन गर्ने जो कोहीलाई पनि कानुनी प्रक्रियाबमोजिम कारबाही हुनुपर्नेमा ‘पत्रकार’ को परिचय देखाएर वा अन्य कुनै दबाबमा व्यक्तिलाई छाडिनुले दण्डहीनतालाई प्रश्रय दिने देखिएको हो ।

समाचार अभियान October 13, 2025 २०८२, २७ आश्विन सोमबार २३:५९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार
१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?