By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : तीन वर्षीय अंश चौधरीको मृत्यु डुबेर कि योजनाबद्ध हत्या? प्रहरी अनुसन्धानमाथि परिवारको प्रश्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधसमाचारसमाजहेडलाईन

तीन वर्षीय अंश चौधरीको मृत्यु डुबेर कि योजनाबद्ध हत्या? प्रहरी अनुसन्धानमाथि परिवारको प्रश्न

समाचार अभियान
समाचार अभियान २०८१, २९ माघ मंगलवार २१:३९ पाठक संख्या 878
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा,माघ २९ । श्रीकान्त गुप्ता- बारा जिल्लाको जीतपुरबाट हराएका तीन वर्षीय बालक अंश चौधरीको मृत्यु पानीमा डुबेर भएको प्रहरीको निष्कर्ष छ। तर, परिवारजनले यसलाई हत्या भएको दाबी गर्दै प्रहरी अनुसन्धानमाथि गम्भीर प्रश्न उठाएका छन्।

माघ १७ गतेदेखि बेपत्ता भएका बालक अंश चौधरीको शव नौ दिनपछि माघ २६ गते जीतपुरस्थित बारा–पर्सा सिमानामा रहेको सियासोती खोलामा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानपछि पोष्टमार्टम रिपोर्टको आधारमा मृत्यु डुबेर भएको बताइएको छ। बारा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले बालकको मृत्यु डुबेर भएको पुष्टि गरेका छन्।

परिवारको असहमति, अनुसन्धानमाथि प्रश्न

तर, अंश चौधरीका परिवारजनले भने उनको हत्या भएको आरोप लगाएका छन्। उनीहरूले प्रहरीको अनुसन्धान प्रक्रियामाथि शंका व्यक्त गर्दै सत्य लुकाउन खोजिएको आरोप लगाएका छन्। बालकको मामा रञ्जित जयसवालले भान्जाको मृत्यु योजनाबद्ध हत्या भएको दाबी गर्दै भने, “बालकले लगाएको हुडी अहिलेसम्म भेटिएको छैन। प्रहरीले यसबारे किन खोजी नगरेको?”

उनले प्रहरी अनुसन्धानलाई प्रभावकारी बनाउन माग गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनका अनुसार, “तीन वर्षको बच्चा खोलामा आफैं गएर डुब्ने सम्भावना अत्यन्तै न्यून छ। कसैले डुबाएर हत्या गरेको हुन सक्छ।”

प्रहरी अनुसन्धानमाथि उठेका प्रश्नहरू

यस घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो। तर, परिवारका अनुसार, अनुसन्धानको गति निकै ढिलो छ र कतिपय प्रमाणहरू अझै फेला पारिएको छैन।

घटनापछि स्थानीयबासीले पनि बच्चाको मृत्यु डुबेर मात्र भएको होइन कि कसैले हत्या गरेर शव खोलामा फालेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। प्रहरीले निष्पक्ष रूपमा अनुसन्धान गरी सत्य बाहिर ल्याउनुपर्ने उनीहरूको माग छ।

यसैबीच, प्रहरीले भने परिवारको आरोप अस्वीकार गर्दै वैज्ञानिक रूपमा प्राप्त प्रमाणका आधारमा मात्र अनुसन्धान अघि बढाइएको जनाएको छ। “पोस्टमार्टम रिपोर्ट र प्रारम्भिक अनुसन्धान अनुसार बालकको मृत्यु डुबेर भएको देखिन्छ,” डीएसपी सापकोटाले भने।

तर, परिवारजन र स्थानीयबासी प्रहरीको निष्कर्षप्रति असन्तुष्ट छन्। घटनाबारे सत्य बाहिर ल्याउन, दोषीलाई कारबाही गर्न र न्याय सुनिश्चित गर्न विस्तृत अनुसन्धानको माग गर्दै उनीहरूले सम्बन्धित निकायलाई दवाब दिइरहेका छन्।

समाचार अभियान February 11, 2025 २०८१, २९ माघ मंगलवार २१:३९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी5
आक्रोशित2

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?