बारा माघ ११ ।बारा जिल्लाको पचरौता नगरपालिका–७ मा शुक्रबार हुलाक सेवा कार्यालयको उद्घाटन गरिएको छ। नेपाल सरकारको “एक पालिका, एक हुलाक कार्यालय” नीति अन्तर्गत पचरौता नगरपालिकामा कार्यालय स्थापना गरिएको हो।
जिल्ला हुलाक कार्यालय बाराले आयोजना गरेको कार्यक्रममा पचरौता नगरप्रमुख जलंधर सिंहले कार्यालयको उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै उनले जनतालाई छिटो छरितो सेवा प्रवाह सुनिश्चित गर्न हुलाक कार्यालयको उपयोग गर्न स्थानीयलाई आग्रह गरे।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव, गगनदेव प्रसाद यादव, जिल्ला हुलाक कार्यालय प्रमुखसहित स्थानीयबासीको उपस्थिति रहेको थियो।



