By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधहेडलाईन

मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा

समाचार अभियान
समाचार अभियान २०८३, ४ बैशाख शुक्रबार ०७:४२ पाठक संख्या 14
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुर बैशाख ४ ।।रानी कुमारी ।मधेश प्रदेशका विभिन्न जिल्ला कारागारहरूमा क्षमताभन्दा धेरै कैदी–बन्दी राखिँदा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। उपलब्ध विवरणअनुसार प्रदेशभरका कारागारहरूमा कुल १ हजार २१९ जनाको क्षमता भए पनि अहिले करिब ३ हजारभन्दा बढी कैदी–बन्दी राखिएका छन्, जुन क्षमताभन्दा झण्डै दोब्बर हो।

तथ्याङ्कअनुसार महिला ९९ र पुरुष १ हजार १२० जना राख्ने क्षमताको संरचनामा हाल १२८ महिला र २ हजार ९४१ पुरुष कैदी रहेका छन्। अत्यधिक भीडभाडका कारण सुरक्षा, स्वास्थ्य, सरसफाइ र व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ।

सप्तरी कारागारमा १४५ जनाको क्षमता रहेकोमा ३५८, सिरहामा १५० क्षमतामा ४१४, महोत्तरीमा २०० क्षमतामा ४१२, सर्लाहीमा २०० क्षमतामा ३७३, रौतहटमा २०० क्षमतामा २०८ र पर्सामा २०० क्षमतामा १ हजार २०५ कैदी राखिएको तथ्याङ्कले कारागारको अवस्थालाई झन् गम्भीर बनाएको देखिन्छ।
सीमित स्थानमा धेरै कैदी राखिँदा सुत्ने ठाउँको अभाव, खानेपानी तथा शौचालयको समस्या, सरसफाइको कमजोरी र संक्रामक रोगको जोखिम बढेको कारागार स्रोत बताउँछ। भीडभाडका कारण कैदी–बन्दीबीच झडप, कुटपिट र तनावको अवस्था बारम्बार दोहोरिँदै आएको छ।

मुद्दाको ढिलाइ, वैकल्पिक सजायको प्रभावकारी प्रयोग नहुनु, पूर्वाधार विस्तारमा सुस्तता र जनशक्तिको अभावले कारागार व्यवस्थापन झन् जटिल बन्दै गएको छ। पछिल्लो समय सिरहा र पर्सा कारागारमा भएका झडप र कुटपिटका घटनाले सुरक्षा चुनौतीलाई थप उजागर गरेको छ।

क्षमताभन्दा बढी कैदी राख्ने प्रवृत्ति नियन्त्रण गर्न नसकिए सुरक्षा जोखिम, फरार घटना र ठूला विवाद निम्तिने खतरा बढ्दै गएको सरोकारवालाहरूको चेतावनी छ। उनीहरूले तत्काल पूर्वाधार विस्तार, वैकल्पिक सजायको व्यवस्था र मुद्दा छिटो टुंग्याउने प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन्।

समाचार अभियान April 17, 2026 २०८३, ४ बैशाख शुक्रबार ०७:४२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन
राजनीतिक हस्तक्षेपले ढलेको थियो जनकपुर चुरोट कारखाना,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?