जनकपुरधाम —बैशाख ४ ।रानी कुमारी नेपालकै एक समयको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान मानिएको जनकपुर चुरोट कारखाना अहिले सुनसान र जीर्ण अवस्थामा पुगेको छ। दैनिक अर्बौँ संख्यामा चुरोट उत्पादन गर्ने यो उद्योग अहिले केवल कङ्कालजस्तै संरचनामा सीमित बनेको छ।
२०२० को दशकतिर तत्कालीन प्रधानमन्त्री बिपी कोइराला र मन्त्री राम नारायण मिश्र को परिकल्पनाबाट सुरु गरिएको यो उद्योग सोभियत संघ (रुस) को सहयोगमा स्थापना गरिएको थियो। सन् १९६५ मा तत्कालीन राजा महेन्द्र शाहले उद्घाटन गरेपछि जनकपुरको आर्थिक र सामाजिक जीवनमा ठूलो परिवर्तन आएको थियो।
जनकपुर चोरोट कारखानाले दैनिक २ देखि ३ अर्बसम्म चुरोट उत्पादन गर्थ्यो। ‘देउराली’, ‘याक’ र ‘गैँडा’ जस्ता लोकप्रिय ब्रान्डहरू देशभरिका ७५ वटै जिल्लामा वितरण हुन्थे। देशभर १०५ वटा शाखा कार्यालय सञ्चालनमा थिए भने करिब २९०० कर्मचारी कार्यरत थिए। उद्योगले विद्यालय, अस्पताल, विद्युत् सेवा तथा खेलकुद क्लब सहयो गरेर स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याएको थियो।तर २०४६ सालपछि राजनीतिक परिवर्तनसँगै उद्योगभित्र हस्तक्षेप बढ्न थाल्यो। कर्मचारीदेखि व्यवस्थापन तहसम्म राजनीतिक प्रभाव हावी हुँदा अनुशासन खस्कियो। चुरोटबाट विभिन्न रोग निम्त्याउछ । भन्दै चौतर्फी बिरोध पछि उत्पादन क्रमशः घट्दै गयो र अन्ततः २०६८ सालतिर उत्पादन पूर्ण रूपमा बन्द भएको स्थानीयहरुले बताउनु भएको छ । बाईट – १ स्थानीय
पछि सन् २०१३ अर्थात बिक्रम सम्बद २०७० मा पूर्ण रुपमा जनकपुर चुरोट कारखाना औपचारिक रूपमा बन्द गरियो। यससँगै ७५८ स्थायी तथा झण्डै २०० दैनिक ज्यालादारी कर्मचारी बेरोजगार बने। हाल कारखानाका केही भवनहरू मधेस प्रदेश सरकारले प्रयोग गरिरहेका छन् भने पुराना मेसिन र संरचनाहरू जीर्ण अवस्थामा अलपत्र परेका छन्। सब भन्दा ठूलो समस्याम बेरोजगारी भएको बताउनु भएको छ ।पूर्व कर्मचारीहरूका अनुसार समयमै उचित व्यवस्थापन र आधुनिकीकरण गरिएको भए उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सकिने सकिन्थ्यो थियो।
तर दीर्घकालीन दृष्टिकोणको अभाव र कमजोर व्यवस्थापनका कारण यस्तो अवस्था आएको उनीहरूको भनाइ छ।जनकपुर चुरोट कारखानाको पतनले नेपालका अन्य पुराना उद्योगहरूको भविष्यप्रति समेत प्रश्न उठाएको छ। ऐतिहासिक उद्योगहरूलाई सरकारले पुनर्जीवन गर्न सक्छ कि सक्दैन हेर्न बाकी छ ।,यो समाचारको सामग्री रानी गुप्ताले कलेक्स गरिएको छ भने रिपोर्ट श्रीकान्त गुप्ता तयार पारिएको छ ।



