By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसुचना / प्रविधीहेडलाईन

सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा

समाचार अभियान
समाचार अभियान २०८३, ४ बैशाख शुक्रबार ०७:३८ पाठक संख्या 52
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं ।बैशाख ४। सरकारले सहकारी तथा लघुवित्त क्षेत्रको अनियमितता नियन्त्रण गर्न कडा कदम चाल्दै ती संस्थाहरूलाई अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा ल्याउने नीति अघि सारेको छ। सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धतापत्रमार्फत गैरबैंकिङ वित्तीय क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो।

नयाँ व्यवस्थाअनुसार देशभर सञ्चालनमा रहेका सबै सहकारी र लघुवित्त संस्थाहरूलाई अनिवार्य रूपमा कर्जा सूचना प्रणालीमा आबद्ध गरिनेछ। यसले ऋणीहरूको वास्तविक आर्थिक अवस्था मूल्याङ्कन गर्न सहयोग पुग्ने र सोही आधारमा मात्र कर्जा प्रवाह गरिने सरकारको विश्वास छ। यस कदमले अनियन्त्रित कर्जा वितरण र दोहोरो ऋण लिने प्रवृत्तिमा कमी आउने अपेक्षा गरिएको छ।

सरकारले सहकारी क्षेत्रमा देखिएको फितलो नियमन र अनियमितता अन्त्य गर्न सशक्त सुपरिवेक्षण प्रणाली लागू गर्ने स्पष्ट पारेको छ। यससँगै गैरबैंकिङ वित्तीय संस्थाहरूलाई पनि बैंकिङ क्षेत्रसरह कडाइका साथ नियमन गर्ने नीति लिइएको छ, जसले वित्तीय अनुशासन कायम गर्न मद्दत पुग्ने जनाइएको छ।

सर्वसाधारणको बचत सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारले “एकीकृत बचत सुरक्षा कोष” स्थापना गर्ने घोषणा गरेको छ। उक्त कोषमार्फत संकटमा परेका सहकारीका बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी दिने व्यवस्था गरिनेछ। यसले सहकारीप्रति जनविश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

त्यसैगरी, मिटरब्याजको समस्यालाई सम्बोधन गर्न सरकारले यसलाई अब ‘आर्थिक अपराध’का रूपमा परिभाषित गर्ने निर्णय गरेको छ। यसअन्तर्गत विगतमा भएका तमसुक तथा कपाली तमसुकहरूको न्यायिक छानबिन गरिनेछ। यसले अवैध लेनदेन र शोषणकारी ब्याजदर नियन्त्रणमा ल्याउने अपेक्षा गरिएको छ।

मिटरब्याजबाट पीडित नागरिकलाई राहत दिन स्थानीय तहमार्फत निःशुल्क कानुनी सहायता र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइने योजना पनि अघि सारिएको छ। साथै, घरबार गुमाएका तथा शारीरिक र मानसिक रूपमा प्रभावित पीडितहरूको पुनःस्थापनालाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ।

सरकारको यो कदमले सहकारी तथा लघुवित्त क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र विश्वासको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

समाचार अभियान April 17, 2026 २०८३, ४ बैशाख शुक्रबार ०७:३८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
राजनीतिक हस्तक्षेपले ढलेको थियो जनकपुर चुरोट कारखाना,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?