By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मेलामा कानुन विपरीत चन्दा उठाउने माथि कारवाही गर्ने पचरौता नगरपालिका : नगर प्रमुख सिंह
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

मेलामा कानुन विपरीत चन्दा उठाउने माथि कारवाही गर्ने पचरौता नगरपालिका : नगर प्रमुख सिंह

समाचार अभियान
समाचार अभियान २०८१, १९ कार्तिक सोमबार १९:३६ पाठक संख्या 301
शेयर
4 मि. पढ्न लाग्ने समय
शेयर

एस पि सिंह सिंह
कार्तिक १९ रौतहट
बाराको पचरौता नगरपालिकामा परम्परादेखि लाग्दै आएको महाबिरी झन्डा मेलाको विवाद चर्कदैँ गएको छ ।

पचरौता नगरपालिका ७ बेनौली गाउँमा परम्परादेखि लाग्दै आएको महाबिरी झन्डाको लागि तिन ओटा मेला समिति गठन भएपछि मेलापूर्व नै विवाद चर्केको हो । पचरौता नगर प्रमुख जलन्धर सिंहले मेला लगाउने नाममा विभिन्न समूहहरुले बलजफ्ती चन्दा उठाउने काम गरिरहेकाले तत्काल रोक्न र चन्दा उठाउने माथि कारबाहीको लागि माग गर्नुभएको छ ।हरेक वर्ष छठ पर्वको सम्पन्नसँगै सुरु हुने मेलामा गत वर्ष निकै विवाद भएको थियो ।प्रहरीले दर्जनौँ राउन्ड गोली चलाउनु परेको थियो विगतदेखि मेला लाग्दै आएको भए पनि केही वर्षदेखि मेलामा विवाद हुँदै आएको हो । मेलामा हुने विवादलाई रोक्न वडा कार्यालयको पहलमा नगरपालिकाले मेला समिति निर्माण गरेपछि झन् विवाद चर्किएको हो ।
मेलाको लागि नगरपालिकाको नगरसभा तथा बोर्ड बैठकले पाँच लाख रुपैया छुट्याएर मेला लगाउनको लागि समितिलाई कार्यादेश दिइसकेको छ । केही मानिसले आफ्नो स्वार्थ पूरा नहुने देखेपछि अदालतबाट मेला लगाउन नै रोक लगाउनु पर्ने माग गर्दै मुद्दा दायर गरेका थिए । अदालतले तत्कालको लागि मेला लगाउन रोक लगाउन मिल्ने कारण नदेखिएको आदेश दिइसकेको छ ।

परम्परादेखि लाग्दै आएको मेलाको स्थानको विषयमा पनि विवाद उठेको छ ।नगरपालिकाले महाबिरी झन्डा तथा ब्रह्मबाबा पुजन कार्य मेला स्थानीय विद्यालयमा हुँदै आएकोमा नगरपालिकाले नजिकै रहेको पोखरीको ठुलो डिललाई स्थान तोकेको छ । पोखरीको डिलमा मेला सारिएपछि कतिपयले पहिले लाग्दै आएको विद्यालयमा नै मेला लाग्नु पर्ने भन्दै मेला समिति गठन गरेका छन् । विद्यालयको चौरमा मेला लगाउन उचित नहुने भन्दै अर्को समूहले विद्यालय बाहिर मेला लगाउने भन्दै तेस्रो मेला समिति पनि गठन गरेका छन् । विद्यालयभित्र र विद्यालय बाहिर मेला लगाउने भन्दै आफूखुशी मेला समिति गठन गरेका समूहहरुले स्थानीयसित चन्दा असुल गरिरहेको नगर प्रमुख सिंहले बताउनु भएको छ ।मेला लगाउन, नाच, जात्रा गराउन तथा मदिराको बिक्रीका साथै जुवाबाट रकम असुल गर्न केही मानिसले महाबिरी मेलालाई बदनाम गराउन चाहेको नगर प्रमुख सिंहले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराउनु भयो मेलालाई सभ्यता र भव्यतापूर्वक लगाउन स्थानीयलाई सहयोगको लागि आग्रह गर्नु भयो ।

मेलामा कुनै किसिमको विकृति हुन नदिनको लागि र नगरपालिकाले तोकेको ठाउँसँगै अन्यत्र सोही मितिमा मेला लगाउन दिँदा झैँझगडा हुने भएकोले अन्यत्र मेला लाग्न नदिन नगर प्रमुखले माग गरेका छन् ।नगर प्रमुख सिंहले शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारासित तिन सय प्रहरीको माग गरिएको बताउँदै नगर प्रहरी तथा स्वयंसेवकहरु पनि मेलाको व्यवस्थापन तथा शान्ति सुरक्षाको लागि परिचालन गरिने बताएका छन् ।नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेला लाग्न नहुने र सम्बन्धित निकायले पनि ध्यान दिनुपर्ने सिंहको तर्क रहेको छ ।

यता साेही नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता लक्ष्मी यादवले पनि ई सबै कुराहरूलाई समेटेर प्रेस बिग्यपित पढेर सुनाएका थिए ।उनले वडाकाे विना अनुमती कुनै किसिमको मेला,नाटक, झाँकी,नाच गर्न नहुनेमा जाेड दिए । साे अवसरमा मेला आयाेजन भईरहेकाे वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिन,शिक्षा सहायक प्रमुख मुकेश कुमार सिंह,भैयाराम यादवकाे पनि उपस्थिति रहेको थियो ।

समाचार अभियान November 4, 2024 २०८१, १९ कार्तिक सोमबार १९:३६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?