By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रभु साहको माग
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रभु साहको माग

समाचार अभियान
समाचार अभियान २०८१, १८ कार्तिक आईतवार १५:२५ पाठक संख्या 440
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

कलैया कार्तिक १८ ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गरेका छन् ।

बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दिरमा आज आजपा जिल्ला कमिटीद्धारा आयोजित सर्वपक्षिय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो माग गरेका हुन् ।

‘विश्वमै गढीमाईको प्रसिद्धि छ । विश्वले गढीमाईलाई चिन्छ । विश्व प्रसिद्ध गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हामी सबैले पहल गर्न आवश्यक छ । सरकारले ऐतिहासिक, धार्मिक, पर्यटकीय नगरी गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने मेरो आग्रह छ’ आजपा अध्यक्ष साहले भने, ‘यसको पर्यटकीय, धार्मिक पूर्वाधार निर्माणमा कसैको चासो छैन् । हामी यसलाई एक विशाल र भव्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं । तर दुर्भाग्य सरकारको चासो नै छैन् ।’

विश्व प्रसिद्ध गढीमाईको पाँच बर्षीय मेला मंसिरमा लाग्दैछ । यसको तयारी स्थानीय तहमा तिब्ररुपमा भईरहेको छ । लाखौं भक्तश्रद्धालु आउने यस मेलाको व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रीय सरकार बुझेर पनि नबुझे जस्तो गर्नु दुखको बिषय भएको उनले बताए । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग `गढ़ीमाई मेलाको लागी तपाईको सरकारले के के गरेको छ ?’ भन्ने प्रश्न समेत गरेका छन् ।

केन्द्रीय सरकारका साथै मधेस प्रदेश सरकार समेत गढीमाईको विकास एंव मेलाका लागि बेखबर भएको टिप्पणी गरेका छन् ।

‘गढमाई पाँच बर्षमा लाग्ने गर्छ । लाखौं भक्तश्रद्धालु आउने गरेको हामी सानो उमेर हुँदादेखी नै देखिइरहेका छौं । तर केन्द्रीय सरकार यहाँ लगानी नगर्नु, पर्यटन मन्त्रालयले यसको बिकास, मेला व्यवस्थापनमा कुनै चासो नदिनु, ध्यान नदिनु मधेसका लागि दुर्भाग्य नै हो’ साहले भने, ‘वर्तमान सरकार गढीमाईको बिकास चाहेको छैन् । उ केवल राज्यको ढुकुटी लुटने खेलमा लागेको छ । म प्रधानमन्त्रीजीसंग आग्रह गर्न चाहन्छु तपाई मधेसको बिकास चाहेको हो भने गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्नुस्, काम गर्नुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओली मधेसको बिकास कहिल्यै नचाहेको बताउदै उनले गढीमाई मन्दिर मधेसमा भएकै कारण सरकारले कुनै चासो नदिएको आरोप उनले लगाए । गढीमाई मन्दिरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले पहल गर्ने बताउदै उनले महागढीमाई नगरपालिकालाई एक धार्मिक, सांस्कृतिक शहरको रुपमा बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले आफू शहरी बिकास मन्त्री भएको बेला गढीमाईको नगरी महागढीमाईलाई स्मार्ट शहरको रुपमा विकासका लागि छनौट गरी बिभिन्न योजनाहरु राखेको स्मरण गरे ।

आजपा जिल्ला कमिटी बाराद्धारा आयोजित सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षहरू अशोक लामा, बिल्टू यादव महासचिब त्रिभुवन साह, उप महासचिब चन्द्रभुषण साह तथा नगरप्रमुख उपेन यादव, गढ़ीमाई ट्रस्टको अध्यक्ष रामचन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।

समाचार अभियान November 3, 2024 २०८१, १८ कार्तिक आईतवार १५:२५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?