एस पि सिंह
असोज २० रौतहट
संगम खवर अनलाईन डट कम द्धारा बडा दशैंको अवसरमा आइतबार जिल्ला को अदालत स्थित बार एशोशियसनको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा पुर्व नेपाल पत्रकार महासंघका अध्यक्ष रबिन्द्र साहले पत्रकारिताको क्षेत्रमा युवा पुस्ताहरुलाई अघि आईरहेकोमा स्वागत गर्दै आग्रह पुर्वाग्रह ढंगबाट जोगिदै संयमित भएर कलम चलाउन आग्रह गरे ।
त्यस्तै प्रेस चौतारीका रौतहट अध्यक्ष उतम उपाध्य महासंघको सदस्य भएर मात्रै पत्रकारिता गर्न सकिन्छ अन्यथा गरिदैनन् त्यस्ता भ्रमलाई त्याग गरेर आफनो पेशलाई सधै निष्ठाबान, इमान्दारीका साथ लाग्नु भएमा अवश्य सोचेका स्थानमा पुग्न सकिने बताउदैं बडा दशैं तिहार तथा छठको शुभकामना दिए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले पत्रकारिता कार्य अत्यन्तै कठिन र चुनौतिपूर्ण रहेको हुँदा कुनैपनि राजनीतिक दलको आवरणमा रहेर पत्रकारिता गर्नु हुदैनन् । समाजको हितमा रहेर आफनो कलम चलाउन आग्रह गर्दै दशैंको शुभकामना तथा बधाई दिए । महासंघ रौतहट शाखाका पुर्व अध्यक्ष शैलेन्द्र गुप्ताले अहिलेको समय निकै कठिन रहेको हुँदा आफू विश्वस्त भएर कुनैपनि समाचार लेख्नुपर्ने तथा कसैलाई तपाईहरुको कलमबाट आघात पुर्याउने कार्य गर्नु नहुने बताए ।
वरिष्ठ पत्रकार प्रभातकुमार झाले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरु सवैभन्दा पहिला आफनो आचरणमा सुधार ल्याएर समाजप्रतिको दायित्वलाई पुरा गराउनुपर्ने कार्यमा मात्रै सक्रिय रहनुपर्ने बताए । कुनैपनि संस्था खराव हुदैनन् त्यसमा रहेका केही पात्रहरु मात्रै खराव हुने भएको हुँदा तिनिहरुलाई पनि सुधार गरेर अघि बढ्नुपर्ने आजको आवश्यक्ता देखिन्छ । पत्रकार पत्रकार विचको लडाईलाई घर भित्र समाधान गर्नुपर्ने अन्यथा बाहिरको व्यक्तिहरुलाई चलखेल गर्ने मौका दिनु नहुने जिकिर गरे ।
नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष एवं रेड टेलिभिजनका संचालक जयप्रकाश यादवले महासंघ जिल्ला शाखाहरुमा देखिएका बेथितिहरुलाई चिर्दै राम्रो कार्यको थालनी गर्नुपर्ने बताए । त्यस माथि विचार गर्नुपर्ने बताउदै दशैको शुभकामना दिए ।
संगम खबरका संचालक एवं अध्यक्ष दिनेश यादव (संगम) को सभापतित्वमा सम्पन्न कार्यक्रममा महसंघका सह सचीव संन्जय सहनी , आरोही टेलिभिजनका संचालक मेवालाल यादव , सत्येन्द्र प्रताप सिंह , राकेश यादव, युवा नेता ललन यादव सहित सक्रिय संचारकर्मीहरुको उपस्थिति रहेका थिए भने कार्यक्रम चंचल झाले सभा संचालन गरेका थिए ।
संगम खबरद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
शेयर गर्नुहोस



