By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : पचरौता नगरपालिकाद्वारा निःशुल्क गैस सिलिण्डर र चुल्हो सेट बितरण भएपछि स्थानीय जनतालाई राहत
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

पचरौता नगरपालिकाद्वारा निःशुल्क गैस सिलिण्डर र चुल्हो सेट बितरण भएपछि स्थानीय जनतालाई राहत

समाचार अभियान
समाचार अभियान २०८१, २१ आश्विन सोमबार ०८:१५ पाठक संख्या 382
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

नूर आलम बादशाह, असोज २० गते आइतबार
बाराको पचरौता नगरपालिका–५ बेलदारीका पचासी परिवारलाई आज खाना पकाउने एलपी गैस सिलिण्डर र चुल्हो सेट निःशुल्क वितरण गरिएको छ ।

पूर्व नगर प्रमुखको कार्यकालमा बितरण गरिएको ५ हजार ६ सय गैस सहितको चूल्होबाट राजीतिक कारणले बन्चित पारिएका लगभग १२ सय ६५ घर परिवारलाई आफु निर्वाचित भएपछि बितरण गर्ने प्रतिबद्धता अनुरूप नगरबासीलाई चुल्हो सहितको गैस सिलिन्डर वितरण गर्न लागिएको नगर प्रमुख सिंहले जानकारी दिए ।

आइतबारबाट सुरु भएको यो कार्यक्रम धुवाँमुक्त नगर अभियानसँग सम्वन्धित भएको र दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवारसम्म एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यले पनि यो कार्यक्रम ल्याइएको नगर प्रमुख सिंहले बताए ।

वडा नम्बर ७ बेनौलीमा रहेको पालिका कार्यालयको प्रांगणमा औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगर प्रमुख सिंहले चुल्हो सहितको सिलिन्डर वितरण कार्यको सुरुवात गरेका छन् । आज वडा नम्बर ५ बेलदारीका ८५ परिवारलाई बितरण गरिएको र बाकी वडाका परिवारहरुलाई क्रमश बितरण गरिने नगर प्रमुख सिंहले जानकारी दिए।

दाउरा खोज्ने हैरानीबाट मुक्त हुने भएपछि स्थानीयहरु खुशी समेत भएका छन्।

‘ग्याँस उपलब्ध भएपछि दाउरा खोज्ने समय बचत हुने र धुँवाबाट पनि मुक्त भइने छ’ एक स्थानीयले भने।

एक अर्का स्थानीयले ग्याँस पाएपछि महिनाको १६ दिन बचत हुने र त्यो समयमा आफ्नो घरायसी कार्य गर्न सकिने बताए।

कार्यक्रममा नगरप्रमुख जलन्धर सिंह, प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव, वडा नम्बर ६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी, वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मी, स्थानीय नेता नेवाजी अंसारी, पत्रकार लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

समाचार अभियान October 7, 2024 २०८१, २१ आश्विन सोमबार ०८:१५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?