बारा – असोज ८ – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बीरगन्ज आउँदैछन् ।
मधेशको प्रदेश बिरगंजमा कांग्रेस सभापति देउवाको करिब दुई दिन जति बसाई हुने भएको छ । बिरगंज जिल्लाको २ वटा निर्माण भवन उदघाटन गर्ने कार्यक्रम रहेका छन् ।
मंगलबार उदघाटन समारोह सके पछी कांग्रेसको नेताकार्यकर्ताहरु संग राजनीति भेटघाट कार्यक्रम बनाईएको छ ।कांग्रेसका अनुसार पार्टी सभापतिज्यूको विहान १०:३० काठमाडौं बाट सिमरा आउने कार्यक्रम तय गरिएको छ ।
कांग्रेस पर्साले आयोजना गरेको दुुई दिने छट्टुाछट्टुै कार्यक्रममा सहभागी हुन सभापति देउवा बीरगन्ज आउन लागेको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए उनका अनुसार सभापति देउवाले सुरुमा भोली (मगलबार) दिउँसो पटेर्वासुुगौलीमा आधारभुत अस्तापलको उद्घाटन गर्नुहुने छ । त्यसपश्चात उनी बीरगन्ज फर्किने कार्यक्रम तय भएको छ ।कांग्रेस सभापति देउवा बीरगन्जको दियालो होटलमा बस्नेछन्, जहाँ मधेस प्रदेशको जिल्लाको पार्टी सभापतिसहित अन्य कार्यकर्तासंग उनको भेटघाटको कार्यतालिका बनाइएको छ ।अर्थात् पार्टी सभापति देउवाको पर्सामा एक रात बस्न कार्यक्रम तय रहेक जनाएको छ ।
दोस्रो दिन भने कांग्रेस सभापति देउवाको दिउँसो २ बजेदेखि पुनः कार्यक्रम तय गरिएको छ ।बिरगंज महानगरको वडा नम्बर २४ मा देउवाले आत्माराम ओझा दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्नेछन् ।
यी कार्यक्रम पश्चात सभापतिको भेटघाट कार्यक्रम तय गरिएको छ ।कांग्रेस सभापति देउवाले ८ वटै जिल्लाको जिल्ला सभापति, केन्द्रिय सदस्य, प्रदेश सभा सदस्यहरु , नेपाली कांग्रेस मधेस प्रदेशका पदाधिकारी एवम सदस्यहरु संग विशेष भेटघाट गर्ने कार्यक्रम रहेकोे प्रचार प्रमुख गुप्ता बताउनु भयो ।
कांग्रेस मन्त्रीहरू सग मधेशको सरकार कामकारबाही बारे । जिल्ला सभापतिहरु संग वितरण भैई रहेकोे क्रियाशिल सदस्यता तथा नविकरण विषयमा जानकारी लिने समेत रहेकोे छ ।
त्यसपछि बेलुका ५ बजे साँझको जहाजले उनको फेरि राजधानी फर्किने कार्यतालिका रहेको प्रचार प्रमुख जनाएका छन ।



