बारा-भदौ -१९ – बाराको आदर्श कोतवाल गाउँपालिकाले विभिन्न पदका लागि पारदर्शिता रुपले लिएको परिक्षामा सफल उमेदवारहरुको अन्तिम नतिजा आज प्रकाशित गरिएको छ ।
आदर्श कोतवाल गाउँपालिकाले आफ्नो फेस बुक पेज र कार्यालयको सूचना पट्टीमा सफल उमेदवारको अन्तिम नतिजा प्रकाशित गरिएको हो ।गाउँपालिकाले सहायक कम्प्युटर अपरेटर, ईन्जिनियर, सब-ईन्जिनियर,कार्यालय सहयोगी र स्वीपर यी सबै पदका लागि पारदर्शिता रुपले अहवान गरिएको सूचनामा आबेदन दिएका उमेदवारहरु संग लिखित मौखिक र प्रयोगात्मक परिक्षा गाउँपालिका को सभा हलमा सिसिटीभी क्यामेरा ,फेस बुक लाइभ क्रमचारी, जनप्रतिनिधि समाजसेबी र पत्रकारको रोहबरमा पारदर्शिता रुपमा लिएरको परिक्षाको अन्तिम नजिता प्रकाशित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रले जनकारी गराउनु भएको छ ।



