एस पि सिंह
भदौ १८ रौतहट
नेपालकै सब भन्दा पुरानो संस्था को रुपमा रहेको नेपाल नेत्रज्योति संघ आखांको क्षेत्रमा निकै अगाडी फर्को मार्दै हाम्रो कर्त्यबय हाम्रो जिमेवारी आंखा सेवामा सबैको साझेदारी मुल नारालाई अगाडी बढाउदै आखा सम्बन्धि हरेक कार्यमा गाउँ गाउँ देखि सिन्घ्दर्वर सम्म आफ्नो पहुच बनाउदै व्यापक रुपमा बीच मधेश प्रदेशको मुख्यमन्त्री मानिय सतिश कुमार सिंहको प्रमुख अतिथिमा RAAP सर्वेक्षण पुस्तिका बिमोचन भएको हो ।सो कार्यकर्म को सभाध्यक्ष श्री रंबिन्द्रलाल चौधरी ज्यु नेपाल नेत्र्ज्योति संघ मधेश प्रदेशका सभापतिले गरेका थिए। उक्त कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा प्रोफेसर डाक्टर चेतराज पनत ,बिशिस्ट अतिथि को रुपमा श्री श्याम कुमार पोखरेल ,गौर आखा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष श्री विजय कुमार सिंह लगायत बिभिन् सरकारी तथा नेपाल नेत्र ज्योति संघका पदाधिकारीहरु , मिडियाकर्मीहरु , कर्मचारीहरुको उलेखनीय रुपमा उपष्टिति रहेका थिए। लामो समय पश्चात सफलता पुर्बक उक्त कार्यक्रम सम्पन भएको कुरा गौर आखा अस्पतालका संयोजक सत्येन्द्र पाण्डेले समाचार अभियान दैनिकलाई जानकारी पठाएका हो।
नेपाल नेत्रज्योति संघले आगामी दिनमा आखा हुदैमा कोहि उपचार बाट बन्चित भएर अन्धो नहोस जो संग रकम नभए बिगत बर्ष झैँ स्थानीय सरकार देखि सिन्घ्दर्वर समको साथ् सहयोगले संयुक्त रुपमा साझेदारीमा सहभागिता हुनेगरी नि :शुल्क रुपमै नेपाल भरि शिबिर , संचालन , बिधालय आखा कार्यकर्म , बिभिन् थरिका जनचेतना मुलक कार्यक्रम व्यापक रुपमा अभियानकै रुपमा संचालन हुने कुरा जनाउदै उक्त कार्यकर्म सफलता पुर्बक परिणाम मुखी बनाउन स्थानीय सरकार , नेपाल सरकार को अहभूमिका हुने कुरा संघ का पदाधिकारी हरु ले राखेका थिए
बिभिन् दात्री निकायहरुको सहयोग निरन्त पाईरहेकोमा संघले धन्यवाद दिदै मिडियाहरुका भूमिका उलेखनीय रहेको कुरा समेत उजागर गरेको थियो ।



