By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : गौर अस्पतालका अध्यक्ष र प्रमुख मुद्दा जाहेरी दिएर रौतहटका पत्रकारलाई थर्काउदै
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

गौर अस्पतालका अध्यक्ष र प्रमुख मुद्दा जाहेरी दिएर रौतहटका पत्रकारलाई थर्काउदै

समाचार अभियान
समाचार अभियान २०८१, ३१ श्रावण बिहीबार १६:०८ पाठक संख्या 164
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

एस पी सिंह
साउन ३१ रौतहट
प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमी अस्पतालको बेथिति ,बिकृति ,अनियमितता र भ्रष्टाचार बारे लेख्ने रौतहटको पत्रकारलाई थर्काउन र डर त्रास देखाउन थालेका छन् ।

अस्पताल बिकास समितीको सदस्यहरुको सहमति बिना अध्यक्ष हासमीले मनलाग्दि निर्णय गरि प्रादेशिक गौर अस्पतालमा भ्रष्टाचार ,अनियमितता र मनमौजी गरेपछि समाचार समप्रेशनमा उत्रीएका पत्रकारहरु माथि मुद्दा  मामिला र जाहेरी दिई हप्काउन थालेका हुन् ।
भिडिओ एक्सरे ,ईसिजी ,फिजियो थेरापी सेवा निजि स्वार्थ र कमिशनका कारण जानी -जानी बन्द गरि निजि अस्पताल पठाउने गैर- कानुनी कार्य जारी राख्नाले गरिब बिरामीलाई चर्को शुल्क तिर्न बाध्य हुनुको साथै र उपचारबाट बन्चित छन् ।स्थानीयका अनुसार अस्पतालमा खरिद गरिएको शब गृहको फ्रीज देखि विभिन्न उपकरणमा भ्रष्टाचार भएको छ ।विभिन्न भवन निर्माण ,टाईल्स ,मार्बल फिटिङ्ग ,रङगरोगन , औषधि खरिद ,न्यानो झोला खरिद लगायतको काममा गोप्य टेन्डर गरि अनियमितता भएको आरोप छ ।

मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर समयमा आउदैनन ।ईमरजेन्सि फाटमा डाक्टर बस्दैनन ,अस्पतालको चर्पि ,धारा लगायत फ़ोहोर नै फ़ोहोर छ । पानीको राम्रो प्रबन्ध छैन ,स्विपर लगायतले आफ्नो काम नगरि घर मै सुतेर तलब बुझ्ने स्थानीय निशान्त सिंहको गुनासो रहेको छ।सोहि अनियमिता र भ्रष्टाचारको बिषय बस्तु समेटेर नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झा ,स-सचिब संजय सहनी ,गोठालो खवरका रौतहट प्रतिनिधि सतेन्द्र सिंह,सर्लाहीका पत्रकार जितेश यादव लगायत दर्जनौं पत्रकारले समाचार सम्प्रेशन गरेका थिए।

आफुले गरेको भ्रष्टाचार र अनियमितता उजागर हुन थालेपछि प्रदेश सरकारले आफुलाई कारबाही गर्ने डरले त्रसित अध्यक्ष हासमी विभिन्न लोभ देखाई पत्रकारको मुख बन्द गर्ने प्रयास गरे ।सो प्रयास बिफल भएपछि अध्यक्ष हासमीले पत्रकारलाई थर्काउन ,डराउन सोमबार जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएको खुलेको छ।हासमीले नेपाल पत्रकार महासंघका स-सचिब संजय सहनी ,गोठालो खबरका रौतहट प्रतिनिधि सतेन्द्र सिंह,सर्लाहीका पत्रकार जितेश यादवलाई रौतहट प्रहरीले छलफलमा बोलाएपछि उजुरी बारे पोल खोलेको हो।

छ्लफलको सामना गर्दै रौतहटको पत्रकारहरुले यथार्थ कुरा लेख्ने पत्रकार माथि परेको उजुरीले आफुहरु न डराउने र अस्पतालमा देखिएको भ्रष्टाचार बेतिथिको बारे शस्क्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
अर्को तिर अस्पतालमा भ्रष्टाचार नभएकोले अस्पतालमा भएको अनियमितताको बारे कलम चलाउनेलाई नछाड्ने धम्कि दिदै अध्यक्ष हासमीले पत्रकार माथि ठुलो मुद्दा र उजुरी दिने भनेर थर्काउदै छ्लफल बाट बाहिरिएका थिए।यो विषयमा अर्को मितिमा छलफल हुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

समाचार अभियान August 15, 2024 २०८१, ३१ श्रावण बिहीबार १६:०८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?