काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यलेले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको हो।
यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार २०० रुपैयाँ निर्धारण भएको छ। यसअघि बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कामय भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
तेजावी सुनको भाउ तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ११० रुपैयाँले बढेर १९ सय १० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।



