बारा- साउन -३० – महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले नव निर्मित वडा कार्यालय भवनको उदघाटन गर्नुभएको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर १ अवस्थित गढीमाई मन्दिरको प्राङ्गणमा सो नव निर्मित भवनको उद्घाटन गर्नु भएको छ ।भवन नहुदा भाडा घर लिएर वडा कार्यालय संचालन हुँदै आएको थियो अब नव निर्मित भवनबाट सेवाग्राहीलाई सेवा दिने नगरप्रमुख यादवले बताउनु भएको छ ।
कार्यक्रम महागढीमाई नगरपालिका उपप्रमुख तारा देबि कानु , प्रमुख प्रशासकीय बिजय कुशवहा, शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसीया ,वडा अध्यक्ष मनोज गुप्ता , वडा अध्यक्ष उपेन्द्र साह , पूर्ब वडा अध्यक्ष सुदामा मुखिया ,लगाएत समाजसेबीको उपस्थित रहेको थियो ।



