साउन २७ रौतहट – एस पी सिंह रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा प्रमाेद गुप्तालाई पुन: दोस्रो पटक जिम्मेवारी दिईएकाे छ ।
गुप्ता नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह तर्फका अधिकृत स्तर साताैं तहका सोही नगरपालिकामा कार्यरत कर्मचारी हुन उहाँले विगतका दिनमा पनि सो नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर कामकाज गरिसकेका छन्।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजकै मितिमा पत्र काट्दै फतुवा विजयपुर नगरपालिकाकाे नि. प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी ताेकेकाे हाे ।
निर्वाचित नगर प्रमुख निलम्बित भइसकेको र कार्यवाहक नगर प्रमुखले चलाउन नसकेको नगरपालिकाको रुपमा चिनिएको फतुवा विजयपुरमा सधै विवाद हुने गरेकाे थियो । अब उपरान्त साे समस्या सामाधान हुने नगरवासीहरूले अपेक्षा राखेका छन् ।
हाकिमकाे जिम्मेवारी पाएसँगै गुप्तालाई सामाजिक संजालमा बधाईकाे ओइरो लागेको छ । यसकाे संकेत याे हाे कि वहाँ सँग आम नगरवासीले भताभुंग अवस्थामा रहेकाे साे नगरपालिका राम्रो तवरले सञ्चालन हुने अपेक्षा राखेका छन् ।



