बारा – साउन -१४ – बारागढी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनुभएका छन ।प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरोज कुमार चौधरी हाजिर हुनुभएका छन् ।यसअघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिल केशरीले कार्यभार सम्हाल्दै आएकोमा सोमबार देखि सरोज कुमार चौधरीले कार्यभार सम्हालेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई गाउँपालिका प्रमुख अध्यक्ष अशोक कुमार जयसवाल सहित अन्य जनप्रतिनिधि तथा कर्मचारी लगायतहरुले भब्य स्वागत गरेका छन्। गाउँपालिकालाई मधेस प्रदेशको नमुना पालिका बनाउने काममा आफूले निर्वाचित जनप्रतिनिधि सर्बसधारण र सेवाग्राहीलाई नियम र कानुनले दिएको अधिकार सम्म अधिकतम सहयोग र साथ दिने प्रशासकीय अधिकृत चौधरीले प्रतिबद्धता गरेका हुन यसअघि जिल्ला निर्वाचत कार्यालय बाराको कार्यभार प्रमुखको रुपमा सम्हाल्दै आएको थियो ।
क्रमचारी सरुवा र बढुवा सधैं चलिरहने प्रक्रिया हो ।यो भन्दा पहिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिल केशरी कार्यभार सम्हाल्दै आउनु भएको समयमा गाउँपालिकाको स्तर उन्नति र बिकासको लागि काम गर्नु भएको योगदानलाई सधैं सम्झिने गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाले कार्यक्रममा बताउनु भएको छ।
कार्यक्रममा जनप्रतिनिधि , क्रमचारी , पत्रकार स्थानीय र समाजसेबी सहभागी भएको थियो भने कार्यक्रमलाई संचालन गाउँपालिका लेखा प्रमुख अजय चौधरीले गर्नु भएको थियो ।



