काठमाडौ – असार – २८ – चितवन जिल्लामा पहिरोले दुई वटा बस त्रिशूली नदिमा खसेर ठुलो ज्यान धनको छती भएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे तीन बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले यी दुई बस त्रिशूली नदीमा खसेर ६५ यात्रु बेपत्ता भएको छ ।
गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए ।दुवै बस र यात्रुहरुको अवस्था अज्ञात छ । प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘हामी घटनास्थलमा छौं । पहिरो पन्छाउँदै खोजी कार्य जारी छ ।



