बारा – बाराको कवहीगोठ संतगज नाकाबाट ठुल्ला तथा साना सवारी साधन ओहर दोहोर गर्न प्रतिबन्ध गरिएको हुनाले सरकारले सडक क्षेत्रमा लगाएको करोडौं रुपैयाँ लगानी ब्यर्थ हुनुको साथै सर्बसधारणलाई ओहर दोहर गर्न समस्या भएको छ ।
संतगज कवहीगोठ नाकाबाट ठुला तथा साना सवारी साधनलाई ओहोर दोहोर गर्न नेपाल र भारतको व्यापार स्तर उन्नति र ब्यापारी सम्बन्ध काय गर्नको लागि नेपाल र भारत सरकारले आ आफ्नो सिमा सम्म कालो पत्र सडक निर्माण गर्यो भारत सरकारले मोतिहारी देखी कटगेनवा नाका सम्म अर्बौ रुपैया लगानी लगाएर कालोपत्र सडक निर्माण गरियो ।र भारत सरकारले छौडादानोमा कस्टम स्थापना गर्यो ।त्यस्तै नेपाल सरकारले संतगज नाकाबाट गढीमाई बरियारपुर सम्म दुई बर्ष पहिला ५४ करोड ७१ लाख ५३ हजार एक सय ७३ रुपैया भन्दी बढी लगानी लगाएर कलोपत्र सडक निर्माण गरियो ।तर अहिले सम्म नेपाल सरकारले संतगज नाकामा भंसार कार्यालय स्थापना गर्न सकेको छैन ।माओवादी द्ववन्त काल देखि ओहर दोहर गर्ने सवारी साधनमा लगाएको प्रतिबन्ध नहटाइएको कारणले प्रतेक दिन सरकारको राजश्वमा प्रतेक्ष रुपले प्रभाव पारिरहनुको साथै सर्बसधारणलाई ओहर दोहर गर्न समस्या भएकोछ ।
बाराको सबै छोटी भंसार भन्दा कवहिगोठ भंसार सबै भन्दा पुरानो भंसार रहेकोे छ ।आज देखि ३० बर्ष पहिला नेपाल र भारतबाट ओहर दोहोर गर्ने सवारी साधन इन्ट्री हुँदै आएको थियो ।तर देशमा माओवादी र जनतान्त्रिक आतंकले कवहीगोठ छोटी भंसारमा ओहर दोहर गर्ने सवारी साधनलाई सरकारले इन्ट्री गर्न बन्द गरिएपछि कवहीगोठमा संचालन रहेका उधोगहरु पनि बन्द भए उधोग बन्द भएपछि उधोगका कमदारहरु बेरोजगार भएर कवहीगोठ संतगज सहित आसपास गाउँको अवस्था दैनिय रहेको छ ।पाँच बर्ष पहिला कवहिगोठ सडक खण्ड निर्माण गर्न शुरु भएपछि भारतीय ब्यापारीले हर्सो उल्लासका साथ ब्यपारमा लगानी बढाउन थाल्यो र सिमा नजिक छौडादानोमा ब्यपार पनि बढयो ।तर कवहीगोठमा भंसार कार्यालय सुचारु हुन नसक्दा कवहीगोठमा नेपाली ब्यपारीहरुको वृद्धि हुन नसकेको यूवा नेता सतेन्द्र यादवले बताउनु भयो
संतगज कवहीगोठ नाकाबाट बन्न लागेका फास्ट ट्रायक र अन्तरास्ट्रिय विमान स्थल करिब पैतिस किलो मिटर दुरीमा रहेकोछ ।बारामा भंसार कार्यालय सुचारु नहुदा तस्करी बढिएको छ ।अठार दिनमा बाराको विभिन्न नाकाबाट करिब पैने तीन करोड भन्दा बढी तस्करीका माल समान जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बारा उपरीक्षक महेन्द्र खडकाले बताउनु भएको छ ।
भारतको बिहार राज्य पटनाको मुख्य सडकसंग जोडिएको बाराको संतगज कवहीगोठ नाकामा फास्ट ट्रायक हुँदै काठमाडौ र चाईना राष्ट्रसंग जोडिएको कवहीगोठ नाका हो ।सरकारले कवहीगोठमा भंसार खुलाएर दुई देशको उधोगपति ब्यपारीसंग ब्यपारको सम्बन्ध बनाएर आयत निरयात गर्न थाल्यो भने देशमा रोजगारीको शृजना हुनुको साथै देशको अर्थमा ठूलो टेवा पुग्ने छ ।



