By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : कृषि, शिक्षा र पूर्वाधारमा जोड : पचरौता नगरपालिकाले ल्यायो ६१ करोड ४१ लाखको बजेट
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कृषि, शिक्षा र पूर्वाधारमा जोड : पचरौता नगरपालिकाले ल्यायो ६१ करोड ४१ लाखको बजेट

समाचार अभियान
समाचार अभियान २०८३, ९ असार मंगलवार ०७:२६ पाठक संख्या 77
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा, असार ९— बाराको पचरौता नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार सम्पन्न नगरपालिकाको १६औँ नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको हो। नगर उपप्रमुख नसिमा खातुनले बजेट सम्बन्धी दस्तावेज नगर प्रवक्ता लक्ष्मीप्रसाद यादवलाई हस्तान्तरण गरेपछि प्रवक्ता यादवले नगरसभामा बजेट प्रस्तुत गरेका थिए।

सार्वजनिक गरिएको बजेटअनुसार संघीय सरकारबाट विभिन्न शीर्षकमा ठूलो रकम प्राप्त हुने अनुमान गरिएको छ। वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड १५ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २१ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ५५ लाख रुपैयाँ तथा विशेष अनुदानतर्फ १ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। साथै राजस्व बाँडफाँडबाट १० करोड १८ लाख १० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ७६ लाख २१ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ ९५ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ३० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ २० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। प्रदेश राजस्व बाँडफाँडबाट थप ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

नगरपालिकाले आन्तरिक स्रोत परिचालनलाई समेत महत्व दिएको छ। आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट ५ करोड रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट ३ करोड रुपैयाँ तथा बैंक मौज्दातबाट ६ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटमा कृषि उत्पादन वृद्धि, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, खेलकुद क्षेत्रको विकास तथा सडक, नाला, खानेपानीलगायत भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकता दिइएको जनाइएको छ। नगरवासीको जीवनस्तर उकास्ने र समग्र विकासलाई गति दिने उद्देश्यले बजेट तर्जुमा गरिएको नगरपालिकाको भनाइ छ।

नगर प्रमुख जलन्धर सिंह जैसवारको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख नसिमा खातुन, विभिन्न वडाका अध्यक्षहरू, नगर कार्यपालिका सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशीले स्वागत मन्तव्य व्यक्त गर्दै नगरको समग्र विकासका लागि प्रस्तुत बजेट प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

समाचार अभियान June 23, 2026 २०८३, ९ असार मंगलवार ०७:२६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

जीविकोपार्जन सुधारका लागि कलैया–२६ मा व्यावसायिक भैंसी वितरण तथा खोर सुधार कार्यक्रम सुरु
अर्थ समाचार समाचार समाज हेडलाईन
सुवर्ण गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न, ४३ करोड २६ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
अब नेपाल प्रहरीमा अर्धमासिक तलब प्रणाली लागू, १५–१५ दिनमा पारिश्रमिक भुक्तानी हुने
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
संघीयतामाथि रास्वपाको प्रहार : प्रदेश संरचना खारेजी र स्थानीय तहमा दलविहीन चुनावको बहस
राजनीति समाचार समाज हेडलाईन
शंकराचार्य गेटमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
सुन्दर र समृद्ध परवानीपुर निर्माणको लक्ष्यसहित ३६ करोड ६३ लाखको नीति तथा कार्यक्रम सार्वजनिक
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब रुपैयाँ पुग्यो
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारसमाजहेडलाईन

जीविकोपार्जन सुधारका लागि कलैया–२६ मा व्यावसायिक भैंसी वितरण तथा खोर सुधार कार्यक्रम सुरु

June 26, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सुवर्ण गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न, ४३ करोड २६ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक

June 25, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

अब नेपाल प्रहरीमा अर्धमासिक तलब प्रणाली लागू, १५–१५ दिनमा पारिश्रमिक भुक्तानी हुने

June 23, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

संघीयतामाथि रास्वपाको प्रहार : प्रदेश संरचना खारेजी र स्थानीय तहमा दलविहीन चुनावको बहस

June 23, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?