बारा माघ ५ ।नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टी स्रोतका अनुसार क्षेत्र नं. १ मा शम्भु बहादुर बुढथोकी, क्षेत्र नं. २ मा भैयाराम यादव, क्षेत्र नं. ३ मा फर्मुला मन्सुर र क्षेत्र नं. ४ मा श्याम गुप्तालाई पार्टीको आधिकारिक टिकट फाइनल गरिएको हो।
पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार उम्मेदवार चयन गरिएको कांग्रेसले जनाएको छ। लामो समयदेखि चल्दै आएको आन्तरिक छलफल, सिफारिस र राजनीतिक समीकरणपछि अन्ततः चारै क्षेत्रमा उम्मेदवार टुंग्याइएको बताइएको छ। यससँगै कांग्रेसले बारामा निर्वाचन तयारीलाई थप तीव्र बनाएको छ।
उम्मेदवार घोषित भएसँगै कांग्रेस कार्यकर्ता र समर्थकहरू उत्साहित भएका छन्। टिकट पाएका उम्मेदवारहरू आ–आफ्नो क्षेत्रमा सामाजिक, राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। उनीहरूले निर्वाचनमा लोकतन्त्र सुदृढीकरण, विकास र सुशासनलाई प्रमुख एजेन्डा बनाउने बताएका छन्।
कांग्रेस नेतृत्वले बारामा पार्टी संगठन मजबुत रहेको दाबी गर्दै चारै क्षेत्रमा प्रतिस्पर्धी रूपमा निर्वाचन लड्ने रणनीति तय गरेको जनाएको छ। उम्मेदवारी दर्ता तथा चुनावी प्रचारप्रसारलाई व्यवस्थित रूपमा अघि बढाइने कांग्रेसको तयारी छ ।
