By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बलिउड अभिनेता सञ्जय दत्त क्यासिनो उद्घाटनका लागि काठमाडौंमा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

बलिउड अभिनेता सञ्जय दत्त क्यासिनो उद्घाटनका लागि काठमाडौंमा

समाचार अभियान
समाचार अभियान २०८२, २४ पुष बिहीबार २२:०६ पाठक संख्या 171
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं  — पुस २४ ।बलिउडका चर्चित अभिनेता सञ्जय दत्त काठमाडौं आइपुगेका छन्। बिहीबार साँझ काठमाडौं अवतरण गरेका दत्त केशरमहलस्थित होटल बाराहीमा सञ्चालनमा आएको ‘बादशाह क्यासिनो’को उद्घाटनका लागि नेपाल आएका हुन्। उनका अनुसार क्यासिनो उद्घाटन कार्यक्रम आजै राति सम्पन्न हुनेछ भने उनी शुक्रबार बिहान ११:४५ बजे भारत फर्किने कार्यक्रम तय भएको छ।

बलिउडका दिग्गज अभिनेता सुनिल दत्त र अभिनेत्री नरगिसका छोरा सञ्जय दत्त आफ्नो समयका स्टाइलिस र लोकप्रिय नायकका रूपमा चिनिन्छन्। लामो समयदेखि हिन्दी फिल्म उद्योगमा सक्रिय रहेका दत्त पछिल्ला वर्षहरूमा दक्षिण भारतीय फिल्म उद्योगमा समेत उत्तिकै चर्चित बन्दै गएका छन्। ‘केजिएफ–२’ मा उनको सशक्त अभिनयपछि साउथ फिल्ममा उनको माग उल्लेखनीय रूपमा बढेको बताइन्छ।

यसैबीच, प्रभास अभिनीत आगामी तेलुगु हरर–कमेडी फिल्म ‘द राजा साब’ मा सञ्जय दत्तको भूमिकालाई लिएर फिल्मवृत्तमा चर्चा चुलिएको छ। सार्वजनिक भएको टिजरमा उनी दुई फरक अवतारमा देखिएका छन्, जसले दर्शकको जिज्ञासा थप बढाएको छ। दत्तको फरक शैली र गम्भीर अभिनयले फिल्मलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।

सञ्जय दत्त व्यक्तिगत जीवनका कारण पनि समय–समयमा चर्चामा रहँदै आएका छन्। केही वर्षअघि उनी क्यान्सरसँग जुध्न बाध्य भएका थिए। २०७७ सालको पुस महिनातिर उनले क्यान्सरसँगको लडाइँ जितेको खबर सार्वजनिक गर्दै आफू पूर्ण रूपमा स्वास्थ्य लाभको अवस्थामा पुगेको जानकारी दिएका थिए। त्यसयता उनी पुनः सक्रिय रूपमा फिल्म तथा सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका छन्।
क्यासिनो उद्घाटनका लागि नेपाल आएका दत्तको छोटो बसाइ भए पनि उनको आगमनले राजधानीमा मनोरञ्जन क्षेत्रप्रति चासो बढाएको छ। बलिउडका चर्चित अनुहारलाई नजिकबाट देख्न पाउँदा उनका प्रशंसकहरू उत्साहित देखिएका छन्।

समाचार अभियान January 8, 2026 २०८२, २४ पुष बिहीबार २२:०६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?