By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : शीतलहर र हुस्सुले राजमार्ग विस्तार प्रभावित, पूर्व–पश्चिम सडकको काम सुस्त
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

शीतलहर र हुस्सुले राजमार्ग विस्तार प्रभावित, पूर्व–पश्चिम सडकको काम सुस्त

समाचार अभियान
समाचार अभियान २०८२, २४ पुष बिहीबार ०८:३४ पाठक संख्या 48
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

बारा, पुस २४ —श्री कान्त गुप्ता – लगातारको शीतलहर र बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग विस्तारको काम प्रभावित भएको छ। कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत सर्लाही, महोत्तरी र धनुषा जिल्लामा सञ्चालन भइरहेको चार लेन विस्तारको काम पछिल्लो समय अपेक्षाकृत सुस्त गतिमा अघि बढेको छ।

सर्लाहीको फूलजोर–बागमती खण्डको अनुगमन गर्दै आएका इन्जिनियर रमेश पाण्डेका अनुसार अत्यधिक चिसोका कारण मजदुरहरू नियमित रूपमा काममा उपस्थित हुन नसक्दा निर्माण कार्यमा असर परेको हो। “हुस्सु र शीतलहरले कामदार खटाउन गाह्रो भइरहेको छ। उपलब्ध मजदुरबाट काम भइरहेको भए पनि गति भने घटेको छ,” उनले बताए।यो आयोजनामा अधिकांश स्थानीय मजदुर परिचालित छन्। चिसो बढेसँगै बिहान र बेलुकाको समयमा काम गर्न कठिन भएको निर्माण पक्षको भनाइ छ। यद्यपि, हाल तीनै जिल्लामा पुल र कलभर्ट निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको छ। साथै, सडक चौडाइका लागि आवश्यक रुख काट्ने कार्य पनि निरन्तर जारी रहेको आयोजना सूचना अधिकारी इन्जिनियर रामटहल यादवले जानकारी दिए।

कमला–पथलैया सडक योजना अन्तर्गत धनुषा, महोत्तरी र सर्लाहीमा मात्र हाल ठेक्का सम्झौता भई काम भइरहेको छ। रौतहट र बाराका खण्डमा भने अझै ठेक्का प्रक्रिया टुंगो लाग्न बाँकी छ। आयोजनाअन्तर्गत तीन फरक–फरक निर्माण कम्पनीसँग सम्झौता गरी कमला पुलदेखि धनुषाको जमुनिवाससम्म पहिलो खण्ड, जमुनिवासदेखि फूलजोरसम्म दोस्रो खण्ड र फूलजोरदेखि बागमतीसम्म तेस्रो खण्डमा काम भइरहेको आयोजना प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासले बताए।

दासका अनुसार, जङ्गल क्षेत्रभित्र अत्यधिक चिसो, साथै बिजुलीका पोल सार्ने काम ढिला हुँदा निर्माण कार्यमा थप ढिलाइ भइरहेको छ। उनले नेपाल विद्युत प्राधिकरण, जनकपुर कार्यालयसँग समन्वयका लागि पहल भइरहेको र निर्माण व्यवसायीलाई बर्खाअघि पुल तथा कलभर्टको काम सक्न दबाब दिइरहेको बताए।
राजमार्ग विभागले विश्व बैंकको ऋण सहयोगमा दुई लेनको सडकलाई बजार क्षेत्रमा छ लेन (करिब ३१ मिटर) र अन्य क्षेत्रमा चार लेन (करिब १८ मिटर) चौडाइमा विस्तार गर्ने योजना अनुसार काम अघि बढाइरहेको छ। योजनाअनुसार सर्लाही–रौतहट सिमानाको बागमती नदीमा आकर्षक ‘सिग्नेचर पुल’ निर्माण गरिनेछ भने मुख्य बजार क्षेत्रमा ओभरपास पनि बनाइने छ।पुराना साँघुरा पुलहरू पूर्ण रूपमा भत्काएर नयाँ बनाइनेछन् भने लामो दूरीका पुलहरूमा छेउतिर दुई लेनको नयाँ पुल थपेर सञ्चालन गरिने आयोजनाले जनाएको छ। शीतलहर कम भएसँगै कामले पुनः गति लिने अपेक्षा गरिएको छ।https://drive.google.com/file/d/1qK6flbfAVP_yaZoNnl785deVNmgjq1Ml/view?usp=drivesdk

समाचार अभियान January 8, 2026 २०८२, २४ पुष बिहीबार ०८:३४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?