By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : शसस्त्र प्रहरी नायब महानिरीक्षक ढकाल: “सोशल मिडियामा नाम कमाउन होइन, इमानदारी साथ कर्तव्य नै मेरो मूल धर्म हो”
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

शसस्त्र प्रहरी नायब महानिरीक्षक ढकाल: “सोशल मिडियामा नाम कमाउन होइन, इमानदारी साथ कर्तव्य नै मेरो मूल धर्म हो”

समाचार अभियान
समाचार अभियान २०८२, २६ कार्तिक मंगलवार २१:०६ पाठक संख्या 116
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

सत्येन्द्र प्रताप सिंह
कार्तिक २५ रौतहट । सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी कृष्ण ढकालले कुनै पनि हालतमा प्रहरीको काम-कारबाहीमा विचलन आउन नदिने कडा अडान सार्वजनिक गरेका छन् । उनले सोशल मिडियामा नाम कमाउन वा कसैलाई चाकडी गर्नुपर्ने आवश्यकता आफूलाई नरहेको भन्दै आफ्नो मूल धर्म इमान्दारीपूर्वक काम र कर्तव्य निर्वाह गर्नु नै भएको स्पष्ट पारेका हुन् ।

ढकालले पत्रकार नामको आतंक प्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । उनले विशेषगरी तल्लो तहका प्रहरी युनिटहरू विशेषगरी सीमा क्षेत्रका बीओपी कमान्डरहर माथि भइरहेको अनधिकृत दबाब र बार्गेनिङको विषयलाई प्रमुखताका साथ उठाएका हुन् ।

​​डीआईजी ढकालले विद्वान र पेशागत पत्रकारहरूप्रति आफ्नो सधैँ सद्भाव र सम्मान रहने स्पष्ट पार्दै केही व्यक्तिहरूले भने पत्रकारिताको पेशालाई दुरुपयोग गरिरहेको आरोप लगाए। उनको भनाई अनुसार ती व्यक्तिहरू जसको न कुनै अधिकारिक पहिचान छ न त कुनै योग्यता, उनीहरूले निम्न किसिमका गतिविधि गरी प्रहरीलाई दुःख दिइरहेका छन्। योग्यता र पहिचान नभएका व्यक्तिहरूले पत्रकारको नाम लिँदै सीमा तथा अन्य युनिटहरूलाई अनावश्यक दबाब दिने​ ए आईको दुरुपयोग: मोबाइलको आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधि प्रयोग गरी पुराना भिडियोहरूलाई सम्पादन (Edit) गरेर सीमा सुरक्षा पोस्ट (BOP) का कमान्डरहरूसँग बार्गेनिङ गर्ने। ​यस्ता अस्वस्थ गतिविधिका कारण राम्रा र सकारात्मक समाचारहरू पनि जनताबाट ओझेलमा परिरहेको डीआईजी ढकालको ठहर छ।​व्यापारी र कथित पत्रकारको साँठगाँठको रहस्योद्घाटनको तयारी सशस्त्र ​प्रहरी अधिकारी ढकालले अहिले प्रहरीले एउटा विशेष अनुसन्धान गरिरहेको र चाँडै नै ठूलो रहस्य खुल्ने जानकारी दिए। उनले अवैध व्यापारमा केही कथित पत्रकारहरूको समेत शेयर रहेको प्रमाण संकलन भइरहेको उल्लेख गरे।उ​नका अनुसार व्यापारमा साझेदारी गरेका ती व्यक्तिहरूले प्रहरी अधिकारीहरूसँग निम्न प्रकारको बार्गेनिङ गर्ने गरेको पाइएको छ।”या त अवैध लाइन (गतिविधि) चल्न दे, अनि म सकारात्मक समाचार सम्प्रेषण गर्छु। मेरो कुरा मानेन भने तिम्रो र तिम्रो इन्चार्जको गलत समाचार सम्प्रेषण गरी बदनाम गर्छु।”

​डीआईजी ढकालले यस्तो धम्की र बार्गेनिङको सूचना प्राप्त भएसँगै यसको प्रमाण संकलनमा प्रहरी जुटेको बताए।​​ डीआईजी कृष्ण ढकालले आफ्नो मातहतका सम्पूर्ण युनिटहरूलाई कसैको पनि बार्गेनिङ वा धम्कीबाट नडराउन स्पष्ट निर्देशन दिएका हुन् ।

​उनले भने मैले स्पष्ट साथ आफ्नो युनिटहरूलाई भनेको छु – आफ्नो काम-कर्तव्य इमान्दारी साथ गर्नु कुनै पनि बार्गेनिङ गर्ने पत्रकारको नामले डराउनु पर्दैन।”
​डीआईजी ढकालको यो कडा कदमले मधेस प्रदेशमा सशस्त्र प्रहरी प्रशासनको मनोबल बढाउने र अवैध गतिविधि तथा पत्रकारिताको आवरणमा हुने ब्ल्याकमेलिङ नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको हो ।

​​डीआईजी ढकालको भनाइले मधेस प्रदेशको प्रहरी प्रमुखको स्पष्ट दृष्टिकोण र दृढ संकल्पलाई उजागर गरेको हो। जहाँ उनले पेशागत निष्ठालाई सोशल मिडियाको लोकप्रियताभन्दा माथि राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसले सशस्त्र प्रहरी संगठनभित्र अनुशासन र इमान्दारी कायम गर्ने दिशातर्फ महत्वपूर्ण कदम चालेको बुझिएको हो ।

समाचार अभियान November 11, 2025 २०८२, २६ कार्तिक मंगलवार २१:०६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?