सत्येन्द्र प्रताप सिंह
कार्तिक २५ रौतहट । सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी कृष्ण ढकालले कुनै पनि हालतमा प्रहरीको काम-कारबाहीमा विचलन आउन नदिने कडा अडान सार्वजनिक गरेका छन् । उनले सोशल मिडियामा नाम कमाउन वा कसैलाई चाकडी गर्नुपर्ने आवश्यकता आफूलाई नरहेको भन्दै आफ्नो मूल धर्म इमान्दारीपूर्वक काम र कर्तव्य निर्वाह गर्नु नै भएको स्पष्ट पारेका हुन् ।
ढकालले पत्रकार नामको आतंक प्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । उनले विशेषगरी तल्लो तहका प्रहरी युनिटहरू विशेषगरी सीमा क्षेत्रका बीओपी कमान्डरहर माथि भइरहेको अनधिकृत दबाब र बार्गेनिङको विषयलाई प्रमुखताका साथ उठाएका हुन् ।
डीआईजी ढकालले विद्वान र पेशागत पत्रकारहरूप्रति आफ्नो सधैँ सद्भाव र सम्मान रहने स्पष्ट पार्दै केही व्यक्तिहरूले भने पत्रकारिताको पेशालाई दुरुपयोग गरिरहेको आरोप लगाए। उनको भनाई अनुसार ती व्यक्तिहरू जसको न कुनै अधिकारिक पहिचान छ न त कुनै योग्यता, उनीहरूले निम्न किसिमका गतिविधि गरी प्रहरीलाई दुःख दिइरहेका छन्। योग्यता र पहिचान नभएका व्यक्तिहरूले पत्रकारको नाम लिँदै सीमा तथा अन्य युनिटहरूलाई अनावश्यक दबाब दिने ए आईको दुरुपयोग: मोबाइलको आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधि प्रयोग गरी पुराना भिडियोहरूलाई सम्पादन (Edit) गरेर सीमा सुरक्षा पोस्ट (BOP) का कमान्डरहरूसँग बार्गेनिङ गर्ने। यस्ता अस्वस्थ गतिविधिका कारण राम्रा र सकारात्मक समाचारहरू पनि जनताबाट ओझेलमा परिरहेको डीआईजी ढकालको ठहर छ।व्यापारी र कथित पत्रकारको साँठगाँठको रहस्योद्घाटनको तयारी सशस्त्र प्रहरी अधिकारी ढकालले अहिले प्रहरीले एउटा विशेष अनुसन्धान गरिरहेको र चाँडै नै ठूलो रहस्य खुल्ने जानकारी दिए। उनले अवैध व्यापारमा केही कथित पत्रकारहरूको समेत शेयर रहेको प्रमाण संकलन भइरहेको उल्लेख गरे।उनका अनुसार व्यापारमा साझेदारी गरेका ती व्यक्तिहरूले प्रहरी अधिकारीहरूसँग निम्न प्रकारको बार्गेनिङ गर्ने गरेको पाइएको छ।”या त अवैध लाइन (गतिविधि) चल्न दे, अनि म सकारात्मक समाचार सम्प्रेषण गर्छु। मेरो कुरा मानेन भने तिम्रो र तिम्रो इन्चार्जको गलत समाचार सम्प्रेषण गरी बदनाम गर्छु।”
डीआईजी ढकालले यस्तो धम्की र बार्गेनिङको सूचना प्राप्त भएसँगै यसको प्रमाण संकलनमा प्रहरी जुटेको बताए। डीआईजी कृष्ण ढकालले आफ्नो मातहतका सम्पूर्ण युनिटहरूलाई कसैको पनि बार्गेनिङ वा धम्कीबाट नडराउन स्पष्ट निर्देशन दिएका हुन् ।
उनले भने मैले स्पष्ट साथ आफ्नो युनिटहरूलाई भनेको छु – आफ्नो काम-कर्तव्य इमान्दारी साथ गर्नु कुनै पनि बार्गेनिङ गर्ने पत्रकारको नामले डराउनु पर्दैन।”
डीआईजी ढकालको यो कडा कदमले मधेस प्रदेशमा सशस्त्र प्रहरी प्रशासनको मनोबल बढाउने र अवैध गतिविधि तथा पत्रकारिताको आवरणमा हुने ब्ल्याकमेलिङ नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको हो ।
डीआईजी ढकालको भनाइले मधेस प्रदेशको प्रहरी प्रमुखको स्पष्ट दृष्टिकोण र दृढ संकल्पलाई उजागर गरेको हो। जहाँ उनले पेशागत निष्ठालाई सोशल मिडियाको लोकप्रियताभन्दा माथि राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसले सशस्त्र प्रहरी संगठनभित्र अनुशासन र इमान्दारी कायम गर्ने दिशातर्फ महत्वपूर्ण कदम चालेको बुझिएको हो ।
