By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : फेटा गाउँपालिकाको ४० करोड रुपैयाँ भन्दा बढीको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

फेटा गाउँपालिकाको ४० करोड रुपैयाँ भन्दा बढीको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

समाचार अभियान
समाचार अभियान २०८२, ६ असार शुक्रबार १५:०५ पाठक संख्या 1.1k
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा, असार ६ —श्रीकान्त गुप्ता – फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। शुक्रबार आयोजित गाउँसभामा अध्यक्ष अंसारीले आगामी वर्षका लागि कुल रु. ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो।

बजेट सार्वजनिक कार्यक्रममा अध्यक्ष अंसारीले गाउँपालिकाको समावेशी विकासलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जना जस्ता प्राथमिक क्षेत्रमा लगानी गरिने स्पष्ट गर्नुभयो। उहाँले चालु खर्च, पुँजीगत खर्च, विशेष परियोजना, तथा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानलाई समुचित रूपमा व्यवस्थापन गर्दै पारदर्शी र उत्तरदायी शासन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै विद्यालय सुधार, विद्यार्थी वृत्ति तथा डिजिटल शिक्षण उपकरणको व्यवस्था गरिने घोषणा गरिएको छ। स्वास्थ्य क्षेत्रमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्दै सुलभ सेवा दिने व्यवस्था गरिने छ। यस्तै, कृषि क्षेत्रमा कृषकलाई अनुदान, बीउबिजन वितरण तथा सिँचाइ पूर्वाधारको विकासमा बजेट छुट्याइएको छ।

अध्यक्ष अंसारीले सडक, खानेपानी, विद्युत् तथा सफाइ जस्ता आधारभूत पूर्वाधारको विस्तारमा विशेष ध्यान दिइने जानकारी दिनुभयो। गाउँपालिकाका सबै वडामा सन्तुलित विकास हुने गरी योजना छनोट गरिएको र नागरिक सुझावलाई समेत समावेश गरिएको उहाँको भनाइ थियो।

बजेट प्रस्तुति कार्यक्रममा उपाध्यक्ष निलम साह ,प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद तिवारी, लेखा प्रमुख भोला यादव,पालिका सदस्य, वडाध्यक्षहरू वडासदस्यहरु जनप्रतिनिधि, नेता सुशील साह, कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा नागरिकहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा सहभागीले प्रस्तुत नीति तथा बजेटलाई विकासको दिशामा सकारात्मक पहल भन्दै स्वागत गरेका छन्।

गाउँपालिकाले गत वर्षका योजना र बजेटको समीक्षा गर्दै आगामी वर्षमा प्रभावकारी कार्यान्वयन हुने अपेक्षा गरिएको छ। बजेट कार्यान्वयनमा जनसहभागिता, पारदर्शिता र अनुगमन प्रणालीलाई थप सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

 

समाचार अभियान June 20, 2025 २०८२, ६ असार शुक्रबार १५:०५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?