By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : महिला कृषक स्वयंसेविका कार्यक्रम : मधेशमा प्रत्येक वडामा एक जना महिला कृषक परिचालन हुने
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

महिला कृषक स्वयंसेविका कार्यक्रम : मधेशमा प्रत्येक वडामा एक जना महिला कृषक परिचालन हुने

समाचार अभियान
समाचार अभियान २०८२, १८ जेष्ठ शनिबार १९:४९ पाठक संख्या 660
शेयर
2 मि. पढ्न लाग्ने समय
oplus_2
शेयर

बारा – जेठ १७ –श्रीकान्त गुप्ता – कृषि क्षेत्रको विकास र महिलाको सक्रिय सहभागिता प्रवर्द्धन गर्न मधेश प्रदेश सरकारले प्रदेशका सबै वडामा महिला कृषक स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ। ‘महिला कृषक स्वयंसेविका कार्यक्रम’ अन्तर्गत प्रदेशभर एक हजार चार जना महिलालाई जिम्मेवारी दिइनेछ।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार यो कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाको सफल मोडललाई कृषि क्षेत्रमा रुपान्तरण गर्ने प्रयास हो। “गाउँ–गाउँका कृषकसँग प्रत्यक्ष सम्पर्क कायम गरी कृषि सेवा प्रवाह गर्न स्वयंसेविका तैनाथ गरिनेछ,” उहाँले भन्नुभयो, “यसले अन्न उत्पादनमा आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्नेछ।”

सरकारले प्रत्येक वडामा एकजना महिला कृषक स्वयंसेविका तोक्ने तयारी गरिरहेको छ। ती स्वयंसेविकाले कृषकलाई बिउ उत्पादन, कीरा नियन्त्रण, मल व्यवस्थापन, नयाँ कृषि प्रविधिको प्रयोगलगायतका क्षेत्रमा जानकारी दिनेछन्। तालिम प्राप्त गरेपछि उनीहरू कृषकका घर–घरमै पुगेर सेवा दिने जिम्मेवारीमा रहनेछन्।

मुख्यमन्त्री सिंहले कार्यक्रमबाट महिलामा रोजगार सिर्जना हुनुका साथै आत्मनिर्भरता बढ्ने विश्वास व्यक्त गर्नुभयो। “मधेश श्रमप्रधान प्रदेश हो, जहाँ धेरै युवाले वैदेशिक रोजगारी रोज्न बाध्य छन्। अब हामी कृषि क्षेत्रमै रोजगारीको वातावरण सिर्जना गर्दैछौं,” उहाँले स्पष्ट पार्नुभयो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठ १५ गते सूचना प्रकाशित गर्दै स्वयंसेविका भर्नाका लागि दरखास्त आह्वान गरिसकेको छ। इच्छुक महिलाले १५ दिनभित्र नजिकको कृषि ज्ञान केन्द्रमा आवेदन दिन सक्ने छन्।

सरकारको यो कदम महिलालाई नेतृत्व, सीप र स्वरोजगारका अवसर प्रदान गर्नुका साथै ग्रामीण कृषि प्रणालीलाई सशक्त बनाउने लक्ष्यसहित आएको हो। यसले दीर्घकालीन रूपमा खाद्य सुरक्षामा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। ग्रामीण समुदायसँग जोडिएको यो कार्यक्रम महिला सशक्तीकरण र आत्मनिर्भर मधेश निर्माणको दिशामा महत्वपूर्ण आधार बन्ने देखिन्छ।

 

समाचार अभियान May 31, 2025 २०८२, १८ जेष्ठ शनिबार १९:४९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी3
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?