By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा निलम्बन सहित कारबाहीको माग गर्दै उजुरी
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधसमाचारसमाजहेडलाईन

पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषदमा निलम्बन सहित कारबाहीको माग गर्दै उजुरी

समाचार अभियान
समाचार अभियान २०८२, १८ जेष्ठ शनिबार ०९:०५ पाठक संख्या 90
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – जेठ – १६ ।रौतहटमा भएको जिउँदै मानिस इँटाभट्टामा हालेर हत्या गरिएको जघन्य घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूविरुद्ध उजुरी परेको छ।

उक्त उजुरी अधिवक्ता युवराज पौडेल सफलले न्यायपरिषद् सचिवालयमा दर्ता गराएका हुन्। उजुरीमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले आलमलाई सफाइ दिने आदेशमार्फत पीडितहरूलाई न्यायबाट वञ्चित गर्दै न्याय प्रक्रियामा गम्भीर हस्तक्षेप गरेको दाबी गरिएको छ।

जिल्ला अदालत रौतहटले २०६४ सालमा बम विस्फोटनपछि भएको इँटाभट्टा काण्डमा संलग्न रहेको प्रमाणका आधारमा आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालतको फैसलालाई अस्वीकार गर्दै आलमलाई सफाइ दिएको थियो।

उजुरीमा भनिएको छ, ‘उक्त आदेशले पीडित, साक्षी र प्रत्यक्षदर्शीहरूको जिउज्यान असुरक्षित बनाएको छ। आदेशले न्यायिक प्रक्रियामा अवरोध पुर्‍याएको छ र यो आदेश अनुचित तथा पक्षपातपूर्ण देखिन्छ।’

अधिवक्ता सफलले न्यायाधीशद्वय थारू र महर्जनलाई तत्काल निलम्बन गर्न माग गरेका छन्। साथै, उनीहरूका अघिल्ला न्याय सम्पादन तथा आदेशहरूको पनि परीक्षण गरी विभागीय कारबाही गर्नुपर्ने माग गरिएको छ।

‘पीडितलाई नै अन्याय हुने गरी आदेश दिने न्यायाधीशहरूलाई कारबाहीको दायरामा ल्याइनुपर्छ,’ उजुरीमा उल्लेख छ, ‘न्यायको मर्यादा जोगाउन र नागरिकको विश्वास कायम राख्न न्यायपरिषद्ले तत्काल निर्णय लिनुपर्छ।’

अब न्याय परिषद्को भूमिकाले मुलुकको न्यायिक प्रणालीप्रतिको जनविश्वास कता जाला भन्ने सवाल उठेको छ।

 

समाचार अभियान May 31, 2025 २०८२, १८ जेष्ठ शनिबार ०९:०५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?