By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : वीरगञ्जमा विद्युत् कटने समस्याले : व्यवसायी हैरान,
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगञ्जमा विद्युत् कटने समस्याले : व्यवसायी हैरान,

समाचार अभियान
समाचार अभियान २०८२, १३ बैशाख शनिबार १९:५४ पाठक संख्या 67
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

वीरगञ्ज, १३ वैशाख — वीरगञ्ज बजार क्षेत्रमा लगातार भइरहेको विद्युत् ट्रीपिङका कारण सर्वसाधारण र व्यवसायीहरू हैरान भएका छन्। गत चैत महिनादेखि सुरु भएको यो समस्या वैशाखको मध्यसम्म पनि समाधान हुन सकेको छैन।

आदर्शनगर, मुर्ली, पावरहाउस, त्रिमूर्ति, श्रीपुर, रानीघाट, नगवा, छपकैया, गण्डक, पानी ट्याङ्की लगायतका क्षेत्रमा पटक-पटक विद्युत् जाने आउने क्रम बढेपछि दैनिक जीवन र व्यवसाय दुबै प्रभावित भएका छन्। स्थानीय साना व्यवसायीहरूले अनियमित विद्युत् आपूर्तिले विद्युतीय उपकरणमा समेत असर पारिरहेको गुनासो गरेका छन्।

गहुवामाई नजिक रहेका पौडेल प्रिन्टिङ प्रेस सञ्चालन गर्दै आएका गुप्ता भन्छन्, “कामको बीचमै लाइन झ्याप्प झ्याप्प जाने गर्दा मेसिनमा कागज फस्ने र त्यसलाई हटाउन आधा घण्टासम्म समय लाग्ने गर्छ। यसले ग्राहकलाई समयमा सेवा दिन नसकिँदा आर्थिक घाटा भोग्नुपरेको छ।”

रेल्वे रोडस्थित एड्सबी मिडिया मार्केटिङ एजेन्सीका सञ्चालक हिमान्शु बरनवालले पनि लगातार विद्युत् ट्रीपिङले व्यवसाय थप संकटमा परेको बताए। “छिनछिनमा बिजुली जाने आउने गर्दा हाम्रो सारा काम प्रभावित भएको छ,” बरनवालले भने, “विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको छ, जुन लाखौँको नोक्सानीमा परिणत हुन सक्छ।”

उपभोक्ताहरूले समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा सम्पर्क गर्दा समेत सन्तोषजनक जवाफ नपाएको गुनासो गरेका छन्। बरनवाल भन्छन्, “कर्मचारीहरूले फोन उठाउँदैनन्, उठाए पनि गैरजिम्मेवार व्यवहार देखाउँछन्।”

विद्युत् ट्रीपिङसम्बन्धी जानकारी लिन नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण शाखाका प्रमुखसँग सम्पर्क गर्दा पनि प्रतिक्रिया प्राप्त हुन सकेन। उपभोक्ताहरूले समस्या चाँडै समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

 

समाचार अभियान April 26, 2025 २०८२, १३ बैशाख शनिबार १९:५४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?