बारा – बैशाख १३ । – जनता समाजवादी पार्टी (जसपा) ले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै बारामा आज देखि प्रथम जिल्ला अधिवेशन शुरु गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जसपाका केन्द्रीय उपाध्यक्ष राजकिशोर यादवले प्रथम जिल्ला अधिवेशनको औपचारिक रुपमा उद्घाटन गर्दै पार्टीलाई बलियो बनाउने अभियानमा सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका हुन यादवले वर्तमान राजनीतिक अवस्था, मधेस आन्दोलनको उपलब्धि र जसपाको भूमिकामाथि विस्तृत प्रकाश पारे उनले भने जनताको अधिकार स्थापित गर्न र मधेसको समृद्धिका लागि पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । पार्टीभित्र अनुशासन, एकता र जनसंगठन निर्माण हाम्रो प्रमुख एजेन्डा हुनुपर्छ।
मधेस प्रदेशका जिल्लामा जसपा पार्टीले संगठन सुदृढीकरण र कार्यकर्तालाई नयाँ उर्जाका साथ परिचालित गर्न उद्देश्यसहित स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने अभियान सुरु भएको छ ।बैठकहरूबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको छ।विशेषगरी नगर र गाउँ पालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारी चयन गरिनेछ भने वडा तहमा समेत समानान्तर रूपमा कार्यसमिति गठन गरिनेछ।जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले बताउनु भएको छ ।
जसपा बाराका कार्यकारी जिल्ला अध्यक्ष धर्मवीर यादवका अनुसार “२०७९ को निर्वाचनपछि संगठनमा केही शिथिलता आएको थियो, त्यसलाई सुधार गर्दै अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने योजना छ।” उनले पार्टीको आगामी रणनीतिका लागि संगठनात्मक तयारी अत्यावश्यक भएकाले यो प्रक्रिया प्रारम्भ गरिएको बताए।यस अभियानलाई लिएर स्थानीय स्तरमा कार्यकर्तामा उत्साह देखिएको छ। केही स्थानमा नेतृत्व चयनमा प्रतिस्पर्धा देखिएको भए पनि पार्टीले आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिई संयोजनको बाटो रोजेन खोजेको हो बारा जिल्लामा १६ वटा स्थानीय तह रहेका छन्,२०८४ को निर्वाचनमा जसपाले १४ वटा पालिकामा रहेको छ। जित्ने र त्यो पालिकामा अहिले देखि जसपा पार्टीले मजबुत बनाउने उदेश्य रहेको बताउनु भएको छ ।
जसपाले बाराका विभिन्न पालिकाको टोल टोल वडामा नयाँ कार्यसमिति चयन गर्नमा लागेका छन ।बारामा २०७४ को निर्वाचन ४ वटा पालिका जितेका थिए २०७९ मा दुई वटा पालिका जितेका छन भने २०८४ मा कति वटा पालिका जित्छन हेर्न बाकी छन ।



