By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : गगन थापाको अभिव्यक्तिबाट सरकार ढल्ने संकेत कांग्रेस–माओवादी बिच संवादको चर्चा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारहेडलाईन

गगन थापाको अभिव्यक्तिबाट सरकार ढल्ने संकेत कांग्रेस–माओवादी बिच संवादको चर्चा

समाचार अभियान
समाचार अभियान २०८२, ३ बैशाख बुधबार ०७:३३ पाठक संख्या 409
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – बैशाख २ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार नागरिकका अपेक्षा अनुसार अघि बढ्न नसकेको भन्दै कडा आलोचना गरेका छन्। उनले वर्तमान सरकारलाई गति लिन नसकेको, जनताको आशा–आकांक्षा सम्बोधन गर्न असफल भएको आरोप लगाउँदै राजनीतिक तहमा नयाँ समीकरण बन्ने संकेत पनि गरेका छन्।

एक सार्वजनिक कार्यक्रममा बोल्दै महामन्त्री थापाले वर्तमान सत्ता गठबन्धन नेतृत्वले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। उनले भने, “जनताको चाहना बमोजिम काम गर्न नसक्ने सरकारले दीर्घकालीन असर पार्न सक्छ, अब जवाफदेहिता र परिणाममुखी शासन आवश्यक छ।”

थापाको अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्यको संकेतको रूपमा हेरेका छन्। विशेषगरी नेकपा एमालेसँगको सहकार्यमा बनेको सरकारप्रति कांग्रेसको असन्तुष्टि खुल्दै गएको अवस्था र माओवादी केन्द्रसँगको विगतको सहकार्यको पृष्ठभूमिमा यो सम्भावना अझ बलियो बनेको देखिएको छ।

हालको प्रधानमन्त्री केपी शर्माको नेतृत्वको सरकार काग्रेसको समर्थनमा टिकिरहेको छ। तर, कांग्रेसका नेताहरूले पछिल्ला दिनमा सरकारप्रति खुलेर असन्तुष्टि जनाइरहेका छन्। गगन थापाको ताजा टिप्पणीले कांग्रेस सरकारबाट बाहिरिने वा वैकल्पिक सत्ता गठबन्धन बनाउने तर्फ अग्रसर हुन सक्ने अनुमान गर्न सकिन्छ।

थापाले अभिव्यक्त गरेका असन्तुष्टिहरू कांग्रेसभित्रकै बढ्दो आन्तरिक दबाबको परिणामका रूपमा पनि देखिएको छ। कांग्रेस कार्यकर्ता र आम जनमानसमा पार्टीले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्ने गुनासो बढ्दो छ। यस्तो अवस्थामा गगन थापाले उठाएको आवाजले कांग्रेसलाई नयाँ रणनीति अपनाउन दबाब दिन सक्छ।

राजनीतिक वृत्तमा अहिले कांग्रेस र माओवादी केन्द्रबीच पछिल्ला केही हप्ता यता निरन्तर संवाद भइरहेको चर्चा पनि छ। यदि यी दुई पार्टीबीच सहमति बनेमा वर्तमान सत्तासंयोजनमा ठूलो परिवर्तन आउन सक्ने देखिन्छ।

गगन थापाको टिप्पणी केवल आलोचना मात्र नभई भावी सत्ता समीकरणको संकेत भएको बुझ्न थालेका छन् विश्लेषकहरू। आगामी दिनमा नेपाली राजनीतिमा पुनः एकपटक सत्ता समिकरण फेरबदल हुने संभावना प्रवल देखिएको छ।

 

समाचार अभियान April 16, 2025 २०८२, ३ बैशाख बुधबार ०७:३३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?