By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेस प्रदेशका मन्त्री प्रमोद जैसवालले सबै समुदायको प्राथमिकता राखेर बिकास गर्ने भन्दै आज सखुवा प्रसौनीमा मस्जिदको शिलान्यास,
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

मधेस प्रदेशका मन्त्री प्रमोद जैसवालले सबै समुदायको प्राथमिकता राखेर बिकास गर्ने भन्दै आज सखुवा प्रसौनीमा मस्जिदको शिलान्यास,

समाचार अभियान
समाचार अभियान २०८२, ३ बैशाख बुधबार ०७:३० पाठक संख्या 266
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

पर्सा – बैशाख – २ ।मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–३ मा निर्माण हुने एक मस्जिदको शिलान्यास गरेका छन्। मन्त्री जैसवालले चालु आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने जानकारी दिँदै मस्जिदको दोस्रो तल्ला निर्माणको लागि २५ लाख रुपैयाँको लागत छुट्याइएको बताए।

शिलान्यास समारोहका प्रमुख अतिथि रहेका मन्त्री जैसवालले निर्माण कार्य मापदण्ड अनुसार गुणस्तरीयरुपमा गर्नुपर्नेमा जोड दिए। उनले निर्माण कम्पनी तथा ठेकेदारलाई निर्देशन दिँदै भने, “निर्माण कार्यमा कुनै पनि प्रकारको लापरवाही सह्य हुने छैन। निर्धारित समयमै कार्य सम्पन्न हुनुपर्छ।”

मन्त्रीको सचिवालयका अनुसार उक्त मस्जिदको निर्माण कार्य यसै वर्ष सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको हो। मस्जिदको दोस्रो तल्ला निर्माणको पहल स्थानीय मुस्लिम समुदायको मागअनुसार गरिएको बताइएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवाल, वडा नम्बर ३ का वडाध्यक्ष सलिम मियाँ, सामाजिक अगुवा कासिम अन्सारी, इन्सारुल मन्सुरी, नाथु अन्सारी लगायत सयौँ स्थानीयवासीको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित स्थानीयले मस्जिद निर्माणप्रति आभार व्यक्त गर्दै सरकारको सहयोगलाई सकारात्मक रुपमा लिएका थिए।

मन्त्री जैसवालले मस्जिदको शिलान्याससहित आजैका दिन जिल्लाभित्रका विभिन्न स्थानमा १२ वटा निर्माण परियोजनाको शिलान्यास गरेका छन्। ती परियोजनाहरूमा धार्मिक स्थल, सार्वजनिक भवन, सडक सुधार तथा खेलकुद पूर्वाधार निर्माणसमेत समावेश छन्।

उनले विकास निर्माणमा सबै समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने भन्दै मधेस सरकारले सबै धर्म, जात र वर्गको हितका लागि काम गरिरहेको उल्लेख गरे। “मधेस सरकार सबै समुदायलाई समेटेर समावेशी विकासमा विश्वास गर्छ,” मन्त्री जैसवालले भने।

शिलान्यास कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने स्थानीय समुदायले यो पहललाई सामाजिक सद्भावको प्रतिकको रुपमा लिएका छन्।

 

समाचार अभियान April 16, 2025 २०८२, ३ बैशाख बुधबार ०७:३०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?