बारा, – चैत – ३०- संघीय सरकारका गृहमन्त्री रमेश लेखकले नेपालमा कुनै पनि व्यवसायीको समस्या समाधान गर्न सरकार सधैं तयार रहेको बताएका छन्। शनिबार बाराको सिमरामा आयोजित तराई यातायात व्यवसायी संघको १८औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए।गृहमन्त्री लेखकले व्यवसायीहरूले सरकारसँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै, “नेपालको आर्थिक समृद्धिका लागि व्यवसायीक क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण छ। व्यवसायीहरूको समस्याको समाधान गर्न सरकार सधैं तयार छ,” भन्ने प्रतिबद्धता जनाए। उनले नेपालमा व्यवसाय गर्न सहज वातावरण निर्माणका लागि गृह मन्त्रालय आवश्यक पहल गरिरहेको बताए।उक्त साधारणसभामा स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकायका पदाधिकारीहरू, यातायात व्यवसायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले यातायात व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा गर्दै, व्यवसायीहरूका समस्या समाधान गर्न राज्यको गम्भीर ध्यान जानुपर्नेमा जोड दिए।बाइट १ गृहमन्त्री रमेश लेख
तराई यातायात व्यवसायी संघका अध्यक्षका अध्यक्ष ओम कार्कीले आफ्नो मन्तव्यमा संघको १८ वर्षको यात्राको संक्षिप्त समीक्षा गर्दै संघले व्यवसायीहरूको हकहितमा निरन्तर काम गरिरहेको बताए। उनले सरकारसँग सहकार्य गर्दै यातायात क्षेत्रका समस्याहरू समाधान गर्न तयार रहेको बताए।
कार्यक्रमले व्यवसायी र सरकारबीच विश्वास र सहकार्यको सम्बन्ध बलियो बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।



