By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सिम्रौनगढ भन्सार बन्दले व्यापार संकटमा, व्यापारीहरू आक्रोशित
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

सिम्रौनगढ भन्सार बन्दले व्यापार संकटमा, व्यापारीहरू आक्रोशित

समाचार अभियान
समाचार अभियान २०८१, २८ चैत्र शुक्रबार २०:४१ पाठक संख्या 222
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

सिकेन्द्र साह
बारा – चैत २९ ।सिम्रौनगढ, बाराको सिम्रौनगढ नगरपालिकामा रहेका विभिन्न बजार क्षेत्रहरू दिनप्रतिदिन कमजोर बन्दै गइरहेका छन्। भन्सार कार्यालय सञ्चालन नहुँदा व्यापार नै समाप्त हुने अवस्थामा पुगेको भन्दै स्थानिय व्यापारीहरू तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरू आक्रोशित बनेका छन्।

उद्योग वाणिज्य संघद्वारा आयोजित एक कार्यक्रममा संघका सदस्य जयन्त कुशवाहा र कुन्दन कुशवाहाले सिम्रौनगढ भन्सार कार्यालय सञ्चालन नहुँदा व्यापारीहरू भारतबाट सामान ल्याउन कठिन अवस्थामा पुगेको बताएका छन्। “किसानहरूले मल ल्याउँदा समेत सशस्त्र प्रहरीबाट दुख पाउने अवस्था सिर्जना भएको छ”, उनीहरूको भनाइ थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले घरेलु उत्पादनमा जोड दिनु पर्नेमा जोड दिँदै, “आफ्नै देशको उत्पादनलाई प्राथमिकता दिँदै व्यापार गरौं,” भनी आग्रह गरे। साथै उनले सिम्रौनगढको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउँदै भन्सार कार्यालय विस्तारका लागि पहल गरिने बताए।

प्रहरी उपरीक्षक सन्तोष तामाङले व्यापारीहरूको भन्सार विस्तारको माग जायज रहेको बताउँदै राज्यले यसमा चासो दिनु आवश्यक रहेको बताए।

नगर प्रमुख किशोरी प्रसाद कलवार, स्थानिय व्यापारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थितिमा उद्योग वाणिज्य संघको हलमा कार्यक्रम सम्पन्न भएको हो। सहभागीहरू सबैले भन्सार कार्यालय चाँडो सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका थिए।

समाचार अभियान April 11, 2025 २०८१, २८ चैत्र शुक्रबार २०:४१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?