बारा – चैत २३ । श्रीकान्त गुप्ता – विश्व प्रसिद्ध गढीमाई पन्चबर्षिय २०८१ मेलाको आय व्याय सर्बजनिक गरिएको छ । श्री गढीमाई पन्चबर्षिय मेलाको मुलसमितीको कोषाध्यक्ष बिरेन्द्र चौरसीयाले आय ब्याय सर्बजनिक गरिएको छ ।
कोषाध्यक्ष चौरसीयाको अनुसार प्रसिद्ध गढीमाई मेलामा कुल आम्दानी ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैया नगद, सुनचाँदी र जिन्सी समाग्री रहेको छ । भने खर्च ३ करोड ५५ लाख ४१ हजार १ सय ३६ रुपैया भएको छ । आय तर्फ जग्गाबाट ७३ लाख ८८ हजार ५ सय , मनोरञ्जनबाट १ करोड ६ लाख ११ हजार , विशेष दर्शन व्यवस्थापन ५७ लाख , नगरपालिकाबाट १ करोड ३० लाख , रंगा २४ लाख १४ हजार ५ सय ५२ रुपैयाँ त्यस्तै परेवा ब्यवस्थापनबाट २८ लाख ९० हजार ७ सय मनत मुण्डन ८२ हजार ५ सय ,पार्किङ ब्यवस्थापन १३ लाख ५२ हजार ८ सय ९५ रुपैया , दानपेटीकाबाट ६८ लाख ८० हजार , ५ सय ७४ रुपैया , पोखरी माछाबाट १ लाख २ हजार ९ सय ५० रुपैया ,धरौटीबाट ३ लाख २५ हजार , अन्य आम्दानीबाट ८ लाख ९५ हजार २ सय ६७ रुपैया गुदरी बजारबाट २ लाख ८ हजार , र बिधुत ब्यवस्थापनबाट १७ लाख ८० हजार अर्थात कुल आम्दानी ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाँ भएको छ भने कुल खर्च ३ करोड ५५ लाख ४१ हजार १ सय ३६ रुपैया भएको कोषाध्यक्ष चौरसीयाले बताउनु भएको छ ।
प्रसिद्ध गढीमाई मेला एसियाको दोस्रो मेलाको रुपमा चिन्ने गरिन्छ ।भने नेपालको महाकुभ मेलाको रुपमा चिन्ने गरिन्छ । यस बर्षको मेलामा करिब दुई करोड भन्दा बढी दर्शनार्थी दर्शन गरेर गएको छ । प्रती दर्शनार्थीमा एक सय रुपैया खर्च गरेको दरले हिसाब गर्दा दुई अर्ब भन्दा बढीको ब्यापार भएको छ ।भने नेपाल सरकारलाई करिब २६ करोड रुपैयाँको राजस्वमा मेलाबाट वृद्धि भएको महागढीमाई नगरपालिकाका नगरप्रमुख तथा श्री गढीमाई मेला मुलसमितिका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ ।उहाँका अनुसार नेपालका मन्त्री देखी विभिन्न पार्टीका शिर्ष नेतालाई भब्य रुपामा सम्मानित गरेर मेलालाई अवलोकन गराएर पनि नेपाल सरकारबाट मेलामा केहि पहल र सहयोग भएको छैन । मधेसमा रहेको गढीमाई मेलालाई सरकारले विभेद गरेर नेपालमा अर्को कुम्भ मेला लगाउन खोजी रहेको आरोप लगाउनु भयो २०८१ को मेला स्थानीय ऎन अनुसार लगाएको कारणले यस बर्षको मेलामा खर्च काटेर एक करोड ८० लाख ९० हजार ८ सय २ रुपैया नगद आम्दानी भएको छ थपमा सुनचाँदी र जिन्सी सामग्रीको आम्दानी भएको छ।
मेलाको आय व्याय सर्बजनिक गर्नु भन्दा पहिला विभिन्न राजनीति दलले मेला समिति माथी भ्रष्टाचारको आरोप लगाउनु भएको थियो । जसको कारणले बिबाद चर्केको थियो तर मेलाको आय ब्याय सर्बजनिक भएपछि मेला समितिले १ करोड ८० लाख भन्दा भन्दा बढी आम्दानी देखाएपछि स्थानीयहरुले सुखी भएका छन ।स्थानीयका अनुसार पछिल्लो समयको मेलामा आम्दानीको सट्टा मेला घाटामा गएको आय ब्याय सर्बजनिक भएको थियो ।तर नगरप्रमुखको नेतृत्वमा लागेको मेलाबाट राम्रो आम्दानी भएपछि स्थानीय हर्सित भएका छन ।२०८१ को मेलाबाट राम्रो आम्दानी देखिएपछि २०८६ को मेलामा थप आम्दानी हुने आशा स्थानीयहरुले गरेका छन।
मेलाको आय व्याय सर्बजनिक कार्यक्रममा महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देबी कानु , नेपाली कांग्रेस बारा कार्यसमितिका जिल्ला सचिव भैयाराम यादव , श्री गढीमाई मन्दिर संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साह तेली , नेपाली कांग्रेसका अंगद पाण्डे , मेला समितिका उपाध्यक्ष कैलाश महतो , सचिव ,उपेन्द्र गुप्ता , वडा नं ५ का, गाजेन्द्र कुमार जयसवाल ,अन्य वडा अध्यक्षहरु नगरका शिक्षा संयोजक परमहंस यादव, शिक्षा शाखा प्रमुख रामबिश्वास चौरासी ,प्रहरी प्रशासन ,नगरप्रहरी समाजसेबी बुद्धिजीवी , पत्रकार लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन बिरेन्द्र यादवले गर्नु भएको थियो ।भने कार्यक्रमा स्वागत मन्तव्य नरेश जयसवालले राख्नु भएको थियो ।



