By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेश प्रदेशमा सञ्चार माध्यमको समस्या अध्ययन गर्न ११ सदस्यीय कार्यदल गठन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

मधेश प्रदेशमा सञ्चार माध्यमको समस्या अध्ययन गर्न ११ सदस्यीय कार्यदल गठन

समाचार अभियान
समाचार अभियान २०८१, २२ चैत्र शनिबार ०८:०० पाठक संख्या 203
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम चैत २२ । मधेश प्रदेशमा सञ्चार माध्यमहरूले भोगिरहेका विविध समस्या पहिचान गर्न प्रदेश सरकारको सञ्चार, गृह तथा कानुन मन्त्रालयले ११ सदस्यीय कार्यदल गठन गरेको छ। मन्त्रालयका सचिवको संयोजकत्वमा गठन गरिएको कार्यदलले एक महिनाभित्र विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने छ।

पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार माध्यमहरूको अवस्था, चुनौती र सुधारका सम्भावनालाई समेट्ने गरी कार्यदलले प्रतिवेदन तयार पार्ने बताइएको छ। हाल सञ्चार माध्यमहरू आर्थिक अभाव, नीतिगत अन्योल, विज्ञापन वितरणमा असमानता र प्रविधि अभावजस्ता समस्याबाट ग्रसित छन्। यिनै समस्याको समाधान खोज्न कार्यदलले सरोकारवालासँग अन्तर्क्रिया गर्ने, फिल्ड अध्ययन गर्ने र सुझावहरू संकलन गर्ने कार्य गर्नेछ।

गठित कार्यदलमा संयोजक सचिवबाहेक सञ्चारकर्मी श्यामसुन्दर यादव, कैलाश दास, श्याम बन्जारा, ज्योति झा, उपशना तिवारी, आशिक अन्सारी, बिष्णु कुँवर, शंकर साह, पुरन साह र यमुना खनाल सदस्य रहेका छन्।

मन्त्रालयका प्रवक्ताका अनुसार सञ्चार माध्यमलाई सशक्त, जिम्मेवार र पहुँचयुक्त बनाउने उद्देश्यले यो कदम चालिएको हो। “मधेश प्रदेशको सञ्चार क्षेत्रको मजबुतीकरण बिना प्रदेशको समृद्धि सम्भव छैन,” प्रवक्ताले भने, “त्यसैले समस्या पहिचान र सुधारका उपाय यथासक्य चाँडो कार्यान्वयन गरिनेछ।”

प्रतिवेदन प्राप्त भएलगत्तै नीति निर्माण, विज्ञापन वितरणको पारदर्शी प्रणाली, सञ्चारकर्मीहरूको क्षमता विकास लगायतका पक्षमा निर्णय लिइने मन्त्रालयले जनाएको छ।

सञ्चारकर्मीहरूले कार्यदल गठनलाई स्वागत गर्दै प्रतिवेदन व्यवहारिक र क्रियाशील बन्नुपर्नेमा जोड दिएका छन्।

 

समाचार अभियान April 5, 2025 २०८१, २२ चैत्र शनिबार ०८:००
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?