By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मानवत–मटिअर्वा सडकको निर्माणमा लापरबाही : संसदीय समिति अनुगमनमा, ठेकेदारमाथि कारबाहीको चेतावनी
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

मानवत–मटिअर्वा सडकको निर्माणमा लापरबाही : संसदीय समिति अनुगमनमा, ठेकेदारमाथि कारबाहीको चेतावनी

समाचार अभियान
समाचार अभियान २०८१, २२ चैत्र शनिबार ०७:५७ पाठक संख्या 280
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा चैत २२ प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ताहित समितिका सदस्यहरुले बाराको मानवत–मटिअर्वा सडकखण्डको स्थलगत अनुगमन गरेका छन्। सडक निर्माणमा भइरहेको लापरबाहीप्रति जनआक्रोश बढेपछि सांसदहरुको टोलीले बिहीबार सडकको अनुगमन गर्दै ठेकेदारमाथि कडा कारबाहीको संकेत दिएका हुन्।

टोलीले संस्कार एफएमदेखि सितलपुरसम्म तीन किलोमिटर सडक निर्माण कार्य अवलोकन गरेको थियो। अनुगमन टोलीको नेतृत्व सांसद किशान श्रेष्ठले गरेका थिए भने टोलीमा सांसद गणेश पराजुली, महेन्द्रबहादुर शाही, रमा कोइराला पौड्याल, रामशंकर यादव लगायत सहभागी थिए।

कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साहले समितिलाई सडक निर्माणमा विगतदेखि देखिएको समस्या, हुलाकी सडक आयोजनाको निष्क्रियता र ठेकेदारको लापरवाहीबारे जानकारी गराएका थिए। उनले जनप्रतिनिधिहरूसँग पटक–पटक आग्रह गर्दा पनि काम अघि नबढेको गुनासो गरे।

स्थानीयबासीको विरोधबीच अनुगमनमा पुगेका सांसदहरुले अब ढिला नगरी ठेकेदारमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए। संयोजक श्रेष्ठले ठेकेदारलाई संसदीय समितिमा बोलाई स्पष्टीकरण लिने र वर्षा सुरु हुनु अघि सडक निर्माण सम्पन्न गर्न निर्देशन दिने बताए।

पूर्व सांसद रामबाबु कुमार यादव र संविधानसभा सदस्य प्रमोद गुप्ताले समेत सडक निर्माणमा अवरोध र समस्या वर्षौंदेखिका भएको भन्दै समितिलाई विस्तृत जानकारी गराएका थिए। सांसदहरुले यो विषय संसदमै उठाउने चेतावनीसमेत दिएका छन्।

 

समाचार अभियान April 5, 2025 २०८१, २२ चैत्र शनिबार ०७:५७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?