काठमाडौं, २०८१ — न्यूज एक्सप्रेस मिडिया द्वारा आयोजित राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८१ अन्तर्गत ‘उत्कृष्ट सञ्चार उद्यमी महिला’बाट प्राइम टेलिभिजनका एलिजा गौतम सम्मानित भएकीछिन
नेपालको चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले अवसर पाउँदा म अत्यन्त हर्षित छु। यो अवार्ड मलाई प्रतिनिधिसभाको माननीय उपसभामुख इन्दिरा रानाज्यूको हातबाट ग्रहण गर्ने अवसर प्राप्त भयो, जसले यो क्षणलाई अझ विशेष बनाएको बताएकी छिन
सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको यात्रामा यो सम्मान अर्को ठूलो उपलब्धि हो। भनिन्छ— ‘सफलताको स्वाद मिठो हुन्छ।’ हो, आज मैले त्यही मिठो स्वाद चाख्ने अवसर पाएकी छु उनले बताईन सत्य, परिश्रम र इमानदारीलाई आत्मसात गर्दै अगाडि बढ्ने क्रममा प्राप्त यो सम्मानले मेरो जिम्मेवारीलाई झन् बढाएको महसुस गरेकी छिन ।
‘सत्यको मूल्य नै सर्वोपरी’ भन्ने विश्वास राख्दै सञ्चार क्षेत्रमा निरन्तर योगदान दिँदै आएको कर्म नै मेरो धर्म हो, र यही कर्मशीलता नै मानिसलाई महान बनाउने मूल आधार हो। विनम्रताको भावना सहित म मेरो यात्रामा निरन्तर अघि बढिरहेकी छु, जहाँ हरेक चुनौतीहरू अवसरका रूपमा स्वीकार गर्ने अठोट गरेकीछिन ।
यो अवार्ड प्राप्त गर्नु केवल व्यक्तिगत सफलताको सूचक मात्र नभएर सम्पूर्ण सञ्चार क्षेत्रका लागि प्रेरणाको स्रोत बन्नेछ भन्ने विश्वास लिएको लिएको जिम्मेवारी थपिएको छ, दायित्वको दायरा फराकिलो बनेको छ। हरेक पाइला चुनौतीपूर्ण भए पनि ती चुनौतीलाई अवसरमा बदल्ने प्रतिबद्धता पुनः दोहोर्याएकी छिन ।
मेरो प्रण छ— म अरूभन्दा अलग हुनेछु, सकारात्मक परिवर्तनको संवाहक बन्नेछु, र सत्यको पक्षमा दृढताका साथ उभिनेछु। यो सम्मान मेरो मात्र होइन, सम्पूर्ण सञ्चार क्षेत्रमा योगदान दिने सबै सहकर्मीहरूको पनि साझा उपलब्धि हो।



