By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन आपतकालीन गोदाम स्थापना गर्दै सरकार
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन आपतकालीन गोदाम स्थापना गर्दै सरकार

समाचार अभियान
समाचार अभियान २०८१, ९ चैत्र आईतवार ०९:२० पाठक संख्या 285
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं, चैत ०९– गृह मन्त्रालयले मुलुकभरका स्थानीय तहमा विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित आपतकालीन गोदामहरूको व्यवस्थापन गर्न पहल अघि बढाएको छ।

शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन जोखिम नक्सांकन, सुरक्षित बासस्थान निर्माण, पूर्वतयारी, प्रतिकार्य, पुनर्लाभ, पुनर्स्थापनालगायतका कार्यलाई समन्वयात्मक रूपमा अघि बढाउने निर्णय गरेको छ।

गृहमन्त्री लेखकले प्रदेश सरकारलाई प्रादेशिक आपतकालीन गोदामहरू हस्तान्तरण गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए। ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा हामीले गोदामघरहरू हस्तान्तरण गरिसकेका छौं। अन्य प्रदेशमा पनि हस्तान्तरण गर्दै पालिकास्तरसम्म गोदामहरू सञ्चालन गर्ने योजना छ,’ उनले भने।

त्यस्तै, बैठकले नगर प्रहरीको क्षमता विकासमा नेपाल प्रहरीले आवश्यक सहयोग गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए।

बैठकमा लागू औषध दुव्र्यसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराधलगायतका बढ्दो सुरक्षा चुनौतीहरूको न्यूनीकरणमा ध्यान दिन आवश्यक नीति, कार्यक्रम र पूर्वाधार निर्माणमा सहकार्यलाई थप सुदृढ गर्ने निर्णय गरिएको छ।

प्रहरी समायोजन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आवश्यक कानुनी परिमार्जन तथा व्यवस्थापकीय तयारीका लागि गृह मन्त्रालयले प्रदेश सरकारसँग समन्वय अघि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

साथै, पछिल्ला दिनमा देखिएका संविधान तथा व्यवस्था विरोधी गतिविधिहरूलाई निस्तेज गर्दै सुरक्षा चुनौतीहरूको निगरानी तथा नियन्त्रणलाई प्रभावकारी बनाइने भएको छ। प्राप्त निर्णय तथा सुझावसहितको प्रतिवेदन राष्ट्रिय समन्वय परिषद्मा पठाइने प्रवक्ता तिवारीले जानकारी दिए।

समाचार अभियान March 23, 2025 २०८१, ९ चैत्र आईतवार ०९:२०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?