By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेशमा योजना खरिदविक्री प्रकरण: काँग्रेसको चासो, सरकारलाई सचेत गराउने चेतावनी
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

मधेशमा योजना खरिदविक्री प्रकरण: काँग्रेसको चासो, सरकारलाई सचेत गराउने चेतावनी

समाचार अभियान
समाचार अभियान २०८१, २६ फाल्गुन सोमबार ०६:४१ पाठक संख्या 223
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम । फागुन २६ ।मधेश प्रदेशमा सरकारी योजनाको खरिदविक्री भइरहेको विषयमा सत्तारुढ नेपाली कांग्रेसले गम्भीर चासो व्यक्त गर्दै आवश्यक कदम चाल्ने चेतावनी दिएको छ।

प्रदेश सरकारका मन्त्रीहरू नै योजना खरिदविक्रीमा संलग्न रहेको समाचार बाहिरिएपछि नेपाली कांग्रेस मधेश संसदीय दलका नेता कृष्ण यादवले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सरकारी बजेटको दुरुपयोगप्रति कडा असन्तुष्टि जनाउँदै सम्बन्धित पक्षसँग छलफल गरी उचित निर्णय लिने चेतावनी दिएका छन्।

‘योजना खरिदविक्री जस्ता विकृत क्रियाकलापलाई स्वीकार गर्न सकिँदैन,’ यादवको विज्ञप्तिमा उल्लेख छ, ‘यदि सञ्चारमाध्यममा आएका समाचारहरू सत्य हुन् भने, कांग्रेस यस्तो गलत गतिविधिमा कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट पार्न चाहन्छ।’

प्रदेश सरकारको बजेट व्यवस्थापनमा अनियमितता भएको आशंका कांग्रेसले व्यक्त गरेको छ। चालु आर्थिक वर्षको बजेटमा विकास निर्माणका कामहरू टेन्डर प्रक्रियाबाट मात्रै गराउने व्यवस्था भए पनि पछि ५० लाखसम्मका योजनाहरू उपभोक्ता समितिमार्फत नै सञ्चालन गर्ने गरी संशोधन गरिएको थियो।

तर, भौतिक पूर्वाधार कार्यालयमार्फत मन्त्रीहरूले कमिशन लिएर कार्यकर्ता र ठेकेदारलाई योजनाको चिट्ठी बाँड्ने गरेको आरोप लागेको छ। स्रोतका अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहले सांसदहरूलाई ५ देखि ८ करोडसम्मका योजनाहरू बाँडेको चर्चा छ।

योजना खरिदविक्रीको समाचार बाहिरिएपछि कांग्रेसले सरकारलाई तुरुन्त सुधारात्मक कदम चाल्न आग्रह गरेको छ। तर, मुख्यमन्त्री सिंहले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

समाचार अभियान March 10, 2025 २०८१, २६ फाल्गुन सोमबार ०६:४१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?