बारा – फागुन २४ – सिकिन्द्र साह – बाराकाे सिम्रौनगढ नगरपालिका वडा नम्बर दुई स्थित रहेको रानिवास मन्दिर नजिकबाट एक जनालाई लागू औसध सहित ईलाका प्रहरी कार्यलय सिम्रौनगढले पक्राउ गरेकाे छन।
प्रहरी निरीक्षक पवन पछाईकाे कमान्डमा खटिएको टाेलिले बिहान ६.४५ काे समयमा सिम्रौनगढ नगरपालिका दुई खजानि टाेलमा बस्ने ३५ वार्षिय किशोरी प्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको छ । कुशवाहालाई चेक जाँच गर्दा ट्रमाडाेल ३२ पिस टयाबलेट र एभिल छव पिस नियन्त्रणमा लिएर सार्बजनिक गर्नु भएको छ । बिगत लामाे समयदेखि सक्रिय रहेकाे संलग्न ब्यक्तिहरुलाई विभिन्न तरिकाबाट खाेजलतास गरि नियन्त्रण गर्न काम हुने प्रहरी निरीक्षक पछाईले बताउनु भएको थिए।



