By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : एक महिनामा बारा प्रहरी प्रमुख एसपी तमाङको नेतृत्वमा साढे तीन करोडको अबैध समान पक्राउ
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

एक महिनामा बारा प्रहरी प्रमुख एसपी तमाङको नेतृत्वमा साढे तीन करोडको अबैध समान पक्राउ

समाचार अभियान
समाचार अभियान २०८१, २३ फाल्गुन शुक्रबार २१:०१ पाठक संख्या 36
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा –फागुन २३ । जिल्ला प्रहरी कार्यालय बाराले एक महिनामा साढे तीन करोड रुपैयाँभन्दा बढीको अबैध सामान बरामद गरेको छ। एसपी सन्तोष तामाङको नेतृत्वमा बाराका विभिन्न प्रहरी युनिटहरूले माघ १८ देखि फागुन २० सम्मको अवधिमा ३ करोड ५८ लाख ४० हजार ६ सय ५९ रुपैयाँको सामान जप्त गरेका हुन्।

प्रहरीले यस अवधिमा ३ सय २० किलो गाँजा, २९ किलो अफिम र १७० ग्राम ब्राउन सुगर समेत बरामद गरेको छ। यसैक्रममा, २२ नेपाली र ४ भारतीय पुरुष, साथै २ नेपाली महिला गरी २६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले ९ बिघा १ कट्ठा ५ धुर क्षेत्रमा लगाइएको १ लाख ८१ हजार गाँजा बिरुवा नष्ट गरेको छ भने २० हजार  अफिम बिरुवासमेत नष्ट गरिएको जानकारी आएको छ।

साथै, ३ लाख २५ हजार २६ रुपैयाँका हुण्डी रकमसहित एक जना भारतीय कारोबारी पक्राउ गरिएको छ।

प्रहरीद्वारा विभिन्न मुद्दामा कडा कारबाही

प्रहरीले कर्तव्य ज्यान, सवारी ज्यान, लागुऔषध, साइबर अपराध र अभद्र व्यवहारका ४३ वटा मुद्दा दायर गर्दै ८४ फरार अपराधीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट १३ लाख ८६ हजार रुपैयाँ जरिवाना र १२ वर्ष, ७ महिना, १४ दिन कैद भुक्तानी गरिएको छ।

महिला र बालबालिका सुरक्षा सम्बन्धी पनि विभिन्न कामहरू गरिएको छ। १३ महिला र १८ बालबालिका हराएको घटनामा ७ जनालाई फेला पारिएको छ।

सामुदायिक कार्यक्रम र जनचेतना अभियान

जिल्ला प्रहरी कार्यालय बाराले १४ विद्यालयमा जनचेतना र अनुशिक्षण कार्यक्रम सञ्चालन गरी १,२१० विद्यार्थीलाई लाभान्वित बनाएको छ। महिला हिंसा, सवारी दुर्घटना न्यूनीकरण र साइबर अपराधका बारेमा ५ वटा जनचेतना कार्यक्रम पनि सम्पन्न भएको छ।

विभिन्न कारबाही र राजस्व संकलन

माघ र फागुन महिनामा ३,९२८ सवारी कारवाही गरि ३० लाख ४ हजार ५०० रुपैयाँको राजस्व संकलन गरिएको छ। मदिरा उत्पादन गर्ने १२ वटा भट्टीमा छापा मारी ३,२५५ लिटर तयार मदिरा र ८,३०० लिटर कच्चा मदिरा नष्ट गरिएको छ।

बरामद गरिएको कुखुरा र काठ

प्रहरीले १,२१५ किलो ब्रोइलर कुखुरा र ९० हजार रुपैयाँको अबैध सालको काठ पनि बरामद गरेको छ। १ लाख ५० हजारको कुखुराको चल्ला नष्ट गरिएको छ।

बारा प्रहरी कार्यालयको यस अभियानले अबैध कारोबार र अपराधको नियन्त्रणमा महत्वपूर्ण कदम उचालेको छ।

समाचार अभियान March 7, 2025 २०८१, २३ फाल्गुन शुक्रबार २१:०१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?