By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : नेपाली काँग्रेस प्रचार विभाग प्रमुख गुप्ताले मुख्यमन्त्री सिंहसंग २९ बुंदे प्रश्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

नेपाली काँग्रेस प्रचार विभाग प्रमुख गुप्ताले मुख्यमन्त्री सिंहसंग २९ बुंदे प्रश्न

समाचार अभियान
समाचार अभियान २०८१, २२ फाल्गुन बिहीबार १६:४८ पाठक संख्या 158
शेयर
4 मि. पढ्न लाग्ने समय
शेयर

एस पि सिंह
फागुन २२ रौतहट
यति खेर मेधश प्रदेशमा निकै स्टण्टबाजी चलाएर प्रदेशको मुखिया एवं मुख्यमंन्त्री सतिशकुमार सिंहले चर्चा बटुल्न खोजेर विकास निर्माणबाट आम नागरिकको ध्यान दिग्भ्रमित बनाउनमा तल्लिन रहेको पाइएका छन ।नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले मधेश प्रदेशका जिल्लाहरुमा विकासबाट बंचित रहेका स्थानहरुमा जनमुखी कार्य गर्नुको साटो बिनाकामको मुख्यमंन्त्री स्टण्टबाजी गरेर जनताहरुलाई विकासबाट टाढिने कार्यमा अल्झाएको गम्भीर आरोप लगाए ।
प्रदेशका गरिने विकासका कार्यहरुमा भईरहेको ढिलाई, जनताहरुलाई भईरहेको असुविधा, तस्करहरुको हालिमुहाहली बढ्नु, विचौलियाहरुको बोलबाला हुनु, भ्रष्टाचारीहरु सलबलाउदै जानु लगायतका विभिन्न अवाञ्छित कार्यलाई रोक्न असफल रहेका मुख्यमंन्त्री सस्तो लोकप्रियता कमाउनमा ब्यस्त रही गठबन्धलाई बन्धकी बनाएको नेपाली काँग्रेस प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए ।
गठबन्धनको धर्मलाई निर्वाह नगरी उनकै पार्टीका मंन्त्रीद्धारा आर्थिक लेनदेन गरेर योजनाहरु वितरण गर्नेलाई कारवाही नगरी अहिले जारी रहेका स्टण्टबाजी अभियानबाट रकमी चलखेलमा लागेर मधेश प्रदेश सरकारलाई बदनाम गराउने अभियानमा मात्रै तल्लिन रहेका मुख्यमंन्त्री सिंहको कार्यशैलीबाट गठबन्धन भित्रै तिव्र रुपमा असन्तुष्टि रहेको उनले स्पष्ट पादै उनले विकासको काम प्रती केन्द्रीत नभई सस्तो लोकप्रियता कमाइरहेको बेला मेरा केही प्रश्नहरू यस प्रकारका छन् ? नेपाल भारतको सिमानामा तस्करी किन बन्द हुँदैन ? यहाँ निमुखा गरिबहरूलाई निःशुल्क स्वास्थ्य उपचार किन पाउँदैन ? कमिसनमा बजेट वितरण कहिले बन्द हुन्छ ?
मधेस प्रदेशमा अहिलेसम्म दुई प्रतिशत पनि बजेट खर्च नहुनुको मुख्य कारण के हुन् ? मधेस प्रदेशको सुरक्षा व्यवस्थामा कमजोरी हुनुको मुख्य कारण के हो ? मधेस प्रदेश सरकारी अस्पतालहरूमा गरिबहरूले समयमा उपचार पाउँदैन त्यसको कारण के होला ? प्रदेश अस्पतालमा, नगर तथा गाउँघरको सरकारी स्वास्थ्य कार्यालयमा औषधिहरू पर्याप्त मात्रामा उपलब्ध छैनन् किन ?
मधेस प्रदेशमा विनियोजित रकमहरू किन खर्च भइरहेको छैनन् ? अस्पतालमा अस्ति मोबाइलमा कुरा गरेको व्यक्तिसँग कुन व्यक्तिसँग कुराकानी गरेर त्यसको नाम सार्वजनिक किन गर्नुभएन ? कानुन विपरीत निजामती कर्मचारीको सरुवा बढुवा चलखेल भइरहेको किन ?
मधेस प्रदेशमा दाइजो प्रथाको कारण दिनप्रतिदिन हाम्रा चेलीहरु अनाहकमा ज्यान किन गुमाउन बाध्य छन् ? मधेस प्रदेशमा राजस्व संकलन किन भइरहेको छैन ? मधेस प्रदेशमा रहेका र अहिले बनाएको मंन्त्रालयहरू व्यवस्थापन किन छैन ? मधेस प्रदेश सरकारले अहिलेसम्म गरेको काम कर्तव्यको प्रगति प्रतिवेदन सार्वजनिक किन गरेनन् ? गरिब, दिनदुखी, कमजोर आय भएका कमैयाहरु खान पाइरहेको छैन त्यसको व्यवस्थापन कहिले र त्यसको पूर्ण स्थापना कहिले हुन्छ ?मधेस प्रदेशमा किसानहरूले समय–समयमा रासायनिक मलखाद्य प्राप्त गर्दैन किन ? मधेस प्रदेश सरकारले खेती योग्य जग्गाहरूमा किसानहरुको लागि सिँचाइ व्यवस्थापन किन गरिरहेको छैनन् ? मधेसमा खानेपानीको शुद्ध व्यवस्था गर्नुपर्ने तर अझै गाउँघरमा बसोबास गर्ने नागरिकहरु शुद्ध खानेपानीबाट कहिले सम्म बंञ्चित रहला ?
आजभोलि गरिबहरूले सजिलो सँग बैंकबाट ऋण पाइरहेको छैन ? त्यसको कहिले व्यवस्थापन गर्ने ?
मधेस प्रदेशमा अलपत्र रहेका योजनाहरूलाई कहिले सम्पन्न गर्ने हो ? मधेस प्रदेशमा विश्वविद्यालय र गुणस्तरीय विद्यालयहरू कहिले बनाउने हो ? मधेस प्रदेशमा निष्पक्ष प्रतिस्पर्धा नगराई कमिसनको चलखेल गरेर विभिन्न राजनीतिक पदहरूमा नातावाद कृपावादलाई नियुक्ति परिपार्टी कहिले अन्त्य होला ? मधेस प्रदेश भित्र सरकारी डाक्टर कर्मचारीहरूले आ आफ्ना निजी प्राइभेट अस्पतालहरू सञ्चालन गरेकाहरु माथि कारबाही गरी पदमुक्त कहिले गर्ने हो ? मधेस प्रदेशमा भइरहेको दाइजो प्रथा तथा बालविवाहकाल कारण मृत्युलाई कहिले सम्म रोकथाम गर्ने हो ? मधेस प्रदेशको सबै जिल्लालाई समृद्ध घोषणा कहिले गर्ने हो ?
मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले आम जनतासँग उपभोक्ता समितिमा काम गर्न दलाल मार्फत लिइरहेको १० प्रतिशत कमिसन रकम कहिले बन्द गर्ने ? चालु आर्थिक वर्ष ०८१/०८२ मा विनियोजित रकमहरूको कार्यक्रमहरू कहिले सम्म सञ्चालनमा आउने तथा त्यसको जिम्मेवारी कसले लिने हो ?
मधेस प्रदेशको सरकारी अस्पतालहरूको डाक्टरहरूलाई राम्रोसँग व्यवस्थापन र योग्य सक्षम अनुभवी कहिले ल्याउने हो ? निजी अस्पतालहरूमा काम गर्न सरकारी अस्पतालका डाक्टरहरुलाई कारबाही नगर्ने जताततै गएर सस्तो लोकप्रियता कमाउन चेकजाँच गरी नौटंकी मात्र गर्ने आफ्नो सरकारी अस्पतालहरूलाई व्यवस्थापन कहिलेसम्म गर्ने हो ? भन्ने गुप्ताले प्रश्न गरेको हो।

समाचार अभियान March 6, 2025 २०८१, २२ फाल्गुन बिहीबार १६:४८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?