एस पि सिंह
फाल्गुन २१ रौतहट रौतहटको सदर मुकाम गौर स्थित रहेको ऐतिहासिक मैदान गौर राइस् मिल्सको जग्गा दशक देखी भुमाफिया नजरबाट आज बल्ल जोगिएको छ। गौर राइस् मिल्स प्राणगनाको जग्गा गौर राइस् मिल्स एण्ड फ्लोर्सको नाममा रहेकोलाई बिना मुवावजाको अधिग्रहण गर्न नपाउने सर्वोच्च अदालतको आदेश आइसकेको हुदाँ अधिग्रहण गर्न नगरपालिकालाई बिभिन्न कानुनी बाधा अवरोध सामना गर्दै आज जग्गा अधिग्रहण मुवजा स्वरुपको रकम अनुसारको जग्गा दिएर मिल्स जग्गा अधिग्रहण गरिएको स्वरुप २ बिघा १५ कट्ठा जमिन पाउने गरि प्रक्रिया अगाडी बढाइएको मेयर शम्भु साहले सार्वजनिक गरेका छन्।
तत्कालिन मुख्यमंन्त्रि सरोज कुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले १५ करोड रकम बजेट विनियोजित गरेको गौर नगरपालिकाले नपाएपछी राइस् मिल्स जग्गा अधिग्रहण प्रक्रियामा रोक लागेको सर्विददैछ। गौर नगरपालिकाले ५ करोड बजेट विनियोजित गर्दा पनि मधेश सरकार आवश्यक रकम निकासा नपाउँदा अधिग्रहण रोकिएको हो ।
अधिग्रहण प्रकिया कानुनी अदचन वावदुज व्यावहारीक प्रकियालाई कानुन संगत मिलाएर मुवजाको रकम नदिएर सो अनुसार ५वीघा १९ कट्ठा १५ धुर दक्षिण पट्टि क्षेत्रमा अवस्थित २वीघा १५कट्ठा जमिन लीई अधिग्रहण प्रक्रिया अघि बढाइएको मेयर शम्ब्बु साहले नगरवासीलाई जानकारी गराए।
अधिग्रहण प्रकिया गर्ने समितिमा मालापोत कार्यालय जिल्ला प्रशासन कार्यालय नापी कार्यालय र गौर नगरपालिकाको प्रनितिधिको सहभागी हुने गर्छ, जस अनुसार अधिग्रहण गर्ने निर्णय गरि राइस् मिल्स जग्गा अधिग्रहण प्रकिया बढेको र गौर नगरपालिकाका कार्यपालिकको बोर्डको निर्णय बमोजिम हामी यो कार्यलाई अगाडी बढेको उनले प्रष्ट पारे।
गौर नगरपालिकाको आफ्नै कक्षमा पत्रकार सम्मेलन गरी अधिग्रहण प्रकियालाई भुमाफियाको उस्कहटमा न आउन र कुनै विरोध जस्ता कार्यक्रममा सहभागी नहुन हार्दिक अपिल गरेको उनले बताए साथै जग्गा रजिस्ट्रेसन हुने पछि धर्मशाला र पोखरीको जग्गा पनि नाम पास गरिने सहमति भएको मेयर साहले जानकारी गराए।
बुधवार विहान राइस मिल जग्गा बेचिदै छ समाजिक संजालमा विरोध भएपछि मेयर शम्भु साह अधिग्रहणको प्रक्रिया अगाडि बढाइएको सार्वजनिक गरेका छन् ।यो प्रकियाले खेल मैदान हुने गरि अधिग्रहण हुदैमा विपक्षी आतिएर बिरोध गर्दै र प्रदर्शन गर्ने लगायतमा उत्रेको उनले भने नगरपालिका वासी कुनै भ्रम न पर्न आग्रह समेत गरे।



