By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : श्री गढीमाई महेन्द्र प्राविधिक नमूना मा. वि. को ४४ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

श्री गढीमाई महेन्द्र प्राविधिक नमूना मा. वि. को ४४ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

समाचार अभियान
समाचार अभियान २०८१, १६ फाल्गुन शुक्रबार २३:०० पाठक संख्या 325
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – फागुन १६ ।बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालय को ४४ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको वार्षिक उत्सवमा प्रमुख अतिथि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव रहनुभएको थियो।

कार्यक्रम विद्यालय परिसरमा विविध सांस्कृतिक, शैक्षिक तथा सम्मानका कार्यक्रमसहित सम्पन्न भएको थियो। विद्यार्थीहरूद्वारा प्रस्तुत नृत्य, तथा संस्कृति र अन्य प्रतिभा प्रदर्शन कार्यक्रमले समारोहलाई झन् आकर्षक बनाएको थियो। कार्यक्रमका दौरान विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विद्यालयको शैक्षिक उपलब्धि, भावी योजना र विकासका बारेमा पनि चर्चा गरिएको थियो।

विद्यालयका अध्यक्ष उपेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तरलाई अझ उचाइमा पुर्‍याउन आधुनिक प्रविधिसहितको शिक्षण प्रणाली, प्रयोगात्मक शिक्षा तथा प्राविधिक शिक्षामा जोड दिने विषयमा समेत छलफल भएको थियो कार्यक्रमको समापन सत्रमा नगर प्रमुख उपेन्द्र यादवले विद्यालयको विकास र गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। साथै, विद्यार्थीहरूलाई मेहनतका साथ अध्ययन गरी समाज र राष्ट्रको उन्नतिमा योगदान दिन प्रेरित गर्नुभयो।नगरपालिका भित्रीका बिधालयको बिद्यार्थीलाई शिक्षा प्रती उत्प्रेरित र उत्साहको लागि हरेक बर्ष बजेट दिदै आएको छु । सोही परिणाम महागढीमाई नगरपालिका भित्री पढेका बिधालयका बिद्यार्थीहरुले लोक सेवा आयोगमा धमाधम नाम निकाल्दै आएको छ ।

यसरी, श्री गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालय को ४४ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ, जसले विद्यालय तथा स्थानीय समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको छ।

उक्त नगर शिक्षा समिति संयोजक,शिक्षा शाखाका रामबिश्वास चौरसिया, विद्यालय व्यवस्थापन समिति,पदाधिकारी ,श्री गढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय स्वर्णकार , कैलाश महतो ,जितेन्द्र गुप्ता , पानालाल कलवार, पूर्ब वडा नं २ अध्यक्ष बिरेन्द्र चौरसीया , बिरेन्द्र यादव , मनोज कुशवहा ,बिधालयको  प्रधानाध्यापक ध्रबेन्द्र यादव,शिक्षक अभिभावक नगर शिक्षा शाखाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन सुनिल कुशवहाले गर्नु भएको थियो ।

समाचार अभियान March 1, 2025 २०८१, १६ फाल्गुन शुक्रबार २३:००
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?