By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सिर्सिया नदी प्रदूषण: सुशील वनस्पति उद्योगको लापरबाही जारी, स्थानीयको आक्रोश
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

सिर्सिया नदी प्रदूषण: सुशील वनस्पति उद्योगको लापरबाही जारी, स्थानीयको आक्रोश

समाचार अभियान
समाचार अभियान २०८१, १५ फाल्गुन बिहीबार २१:३६ पाठक संख्या 73
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

पर्सा फागुन  १५ । वीरगञ्ज महानगरपालिका–२१, परवानीपुरस्थित सुशील वनस्पति (राजहंश) उद्योगले सिर्सिया नदीमा निरन्तर रूपमा रसायनयुक्त फोहोर पानी मिसाइरहेको पाइएको छ। स्थानीयबासीहरूले उद्योगको लापरबाहीविरुद्ध कडा कारबाहीको माग गरेका छन्।

छठ पर्वको अवसरमा समेत नदी प्रदूषित बनाएर स्थानीयको आस्थामा ठेस पुर्‍याएको आरोप लागेकाे उद्योगले हालसम्म पनि फोहोर फाल्न नछोडेको स्थानीय युवाहरुले बताउँछन्। उनले सामाजिक सञ्जालमार्फत उद्योगको प्रदूषणजन्य गतिविधि उजागर गर्दै नगरपालिकासहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

वीरगञ्ज-२१ का वडाध्यक्ष राधाकृष्ण रौनियारका अनुसार उद्योगले पटक–पटकको आग्रह बेवास्ता गर्दै आएको छ। “हामीले धेरैपटक चेतावनी दिएका छौँ, तर उद्योगले प्रदूषित पानी फाल्न छोडेको छैन। अब कडा कानुनी कारबाही आवश्यक छ,” उनले भने।

स्थानीय बासिन्दाका अनुसार सिर्सिया नदीको पानी अत्यधिक प्रदूषित भइसकेको छ, जसले धार्मिक आस्था मात्र होइन, स्वास्थ्यमा पनि गम्भीर असर पुर्‍याइरहेको छ। उनीहरूले सरकार, महानगरपालिका र सरोकारवाला निकायलाई तुरुन्त कदम चाल्न आग्रह गरेका छन्।

यस विषयमा उद्योग सञ्चालक रतन केडियासँग बुझ्ने प्रयास गर्दा उनले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। यसअघि पनि उनले नगरपालिकाको निर्देशनलाई बेवास्ता गर्दै आएको स्थानीयको आरोप छ।

समाचार अभियान February 27, 2025 २०८१, १५ फाल्गुन बिहीबार २१:३६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?