By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेस प्रदेश सरकारसंग ठोस योजना नहुदा बजेट फृज हुने सम्भावना ,जनता निराश
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

मधेस प्रदेश सरकारसंग ठोस योजना नहुदा बजेट फृज हुने सम्भावना ,जनता निराश

समाचार अभियान
समाचार अभियान २०८१, २६ माघ शनिबार २०:०४ पाठक संख्या 65
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, माघ २६ – चालु आर्थिक वर्षको पहिलो छ महिनामा प्रदेश सरकारहरूको बजेट खर्च अत्यन्तै न्यून देखिएको छ। सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार हालसम्म प्रदेशहरूले वार्षिक बजेटको मात्र १६.१८ प्रतिशत खर्च गरेका छन्।

कूल दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका प्रदेश सरकारले गत पुस मसान्तसम्ममा जम्मा ४५ अर्ब नौ करोड ३८ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेका छन्।

सबैभन्दा कम बजेट खर्च मधेस प्रदेशको देखिएको छ। कुल ४३ अर्ब ८९ करोड २२ लाखको बजेट ल्याएको मधेस प्रदेशले पुस मसान्तसम्ममा मात्र दुई अर्ब ४६ करोड दुई लाख खर्च गरेको छ, जुन कुल बजेटको मात्र ५.६१ प्रतिशत हो। मधेस प्रदेशले पुँजीगत खर्चमा छुट्याइएको २७ अर्ब ८९ करोडमध्ये जम्मा एक प्रतिशत मात्र खर्च गरेको छ।

सुदूरपश्चिम प्रदेशले वार्षिक विनियोजनको १४.८२ प्रतिशत मात्रै खर्च गरेको छ। ३१ अर्ब ६२ करोड १९ लाखको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले पुस मसान्तसम्ममा चार अर्ब ६८ करोड ७० लाख खर्च गर्न सकेको छ।

त्यस्तै, कर्णाली प्रदेशको खर्च १५.१४ प्रतिशत रहेको छ। कुल ३१ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णालीले पुस मसान्तसम्ममा चार अर्ब ७५ करोड ४७ लाख खर्च गरेको छ।

लुम्बिनी प्रदेशले ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा १९.३६ प्रतिशत अर्थात् सात अर्ब ५३ करोड ६१ लाख खर्च गरेको छ। गण्डकी प्रदेशको खर्च पनि १९.३६ प्रतिशत छ, जसअन्तर्गत छ अर्ब ३८ करोड ४७ लाख बजेट खर्च भएको छ।

प्रदेशहरूमध्ये सबैभन्दा ठूलो बजेट बागमती प्रदेशको रहेको छ। कुल ६४ अर्ब ५४ करोड चार लाखको बजेट ल्याएको बागमती प्रदेशले अर्धवार्षिक समीक्षासम्ममा १६.२७ प्रतिशत मात्र खर्च गरेको छ, जुन १० अर्ब ५० करोड २९ लाख रुपैयाँ बराबर हो।

तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा धेरै देखिएको छ। कुल ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएको कोशी प्रदेशले पुस मसान्तसम्ममा २४.८५ प्रतिशत अर्थात् आठ अर्ब ७६ करोड ८२ लाख खर्च गर्न सफल भएको छ।

प्रदेश सरकारले चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा बजेट छुट्याए पनि कुनै पनि प्रदेशले यो बजेट खर्च गर्न सकेका छैनन्। वित्तीय व्यवस्था शीर्षकमा सबै प्रदेशको खर्च शून्य छ।

प्रदेशहरूको बजेट खर्चको न्यून गति विकास निर्माण कार्यमा प्रभाव पार्ने विज्ञहरूको भनाइ छ। संघीय संरचनाभित्र बजेट कार्यान्वयनको चुनौती कायमै रहेको विश्लेषकहरू बताउँछन्।

समाचार अभियान February 8, 2025 २०८१, २६ माघ शनिबार २०:०४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?